coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिजी ल्यान्डमार्कद्वारा चार महिनाको भाडा छुट

चितवनको भरपुरस्थित सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत दिने उद्देश्यले भाडामा छुट दिएको कम्प्लेक्सले जनाइएको छ ।

उक्त मलका प्रवन्धक उज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराउँदै आएका छन् भने सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको उनले बताए ।

सामाजिक दुरी, मास्क, सेनिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षा सम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरी ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको जनाइएको छ । 

सपिङ् मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, सेनिटाइजर र साबुन पानीको व्यवस्था गरेको छ । सिजी ल्यान्डमार्क विनोद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । 

प्रकाशित: ३१ असार २०७७ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App