६ आश्विन २०८१ आइतबार
image/svg+xml

विराटनगर नाकाबाट आयात–निर्यात ठप्प

भारतको जोगवनीस्थित मिरगन्जपुल भत्किएका कारण विराटनगर नाकाबाट आयात–निर्यात ठप्प भएको छ। जीर्ण अवस्थाको मिरगन्जपुल भत्किएपछि मर्मत गर्न पुलबाट आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ। पुल मर्मत गर्न समय लाग्ने देखिएकाले उद्योगी व्यवसायीले रोकिएका ट्रक र कन्टेनर रिरुट गर्न माग गरेका छन्।

कात्तिकमा पनि पुगेन भन्सारको लक्ष्य

विराटनगर सरुवा भएर आएका भन्सार प्रमुख शिव भण्डारी राजस्व बढाउन सहयोगको याचना गर्दै उद्योगी व्यवसायीका संघ/संगठन धाउन थालेका छन्।

निर्माणाधीन सडकमा दुर्घटना बढे

लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ। छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी  छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ।

समृद्धिका लागि मेयरको दण्डवत प्रणाम यात्रा

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरवासीको शान्ति र समृद्धिको कामना गर्दै दण्दवत प्रणामयात्रा सुरु गरेका छन्।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोटमा विवाद भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योजना छनोटमा एकलौटी गर्न खोजेको भन्दै अन्य सांसद तथा स्थानीय तहका प्रमुखहरूले योजना छनोट बैठक नै बहिष्कार गरेपछि विवादित बनेको हो।

काठमाडौं फाइनलमा

विराटनगर टाइटन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्याट क्विन्स काठमाडौं राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

‘साइड क्लियर’ नहुँदा विस्तारमा अलमल, धुलोले व्यापारी र सर्वसाधारण मारमा

प्रदेश एकका मुख्यमन्त्रीसँगको भेलामा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखबाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो।

विराटनगर टाईटन्सको लगातार दोस्रो जित

विराटनगर टाईटन्सले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिग प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

अमलेखगन्ज डिपोबाट भैरहवा र विराटनगरमा पनि डिजेल आपूर्ति

भारतीय आयल निगमको डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अहिले अमलेखगन्ज डिपोबाट नै भैरहवा र विराटनगरको लागि आपूर्ति गर्न थालेको छ।

‘प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डल पुनःगठन’–अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्।

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फर्छ्याेट

उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार चार सय ८२ थान मुद्दा फर्छ्याेट गरेका छ। अदालतले गत आवमा दर्ता भएका तीन हजार ४ सय ६८ र जिम्मेवारी सरेका ९ सय ५६ गरी जम्मा चार हजार ४ सय २४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए।

राधाकृष्ण रथयात्रामा लाखौं सहभागी, हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटो फिचर)

विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजन सहभागी भएका छन्। शनिबार विराटनगरमा निकालिएको रथयात्रामा लाखौं भक्तजन सहभागी भएका हुन्।

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन्।

कोइराला निवासको सुरक्षाः केन्द्रीय सरकारले हटायो, महानगरले खटायो

विराटनगरस्थित कोइराला निवासको सुरक्षाका लागि विराटनगर महानगरपालिकाले सुरक्षाकर्मी खटाएको छ। निवासको सुरक्षाका लागि दुई दशक देखि सुरक्षा दिंदै आएको सशस्त्रको टुकडीलाई संघीय सरकारले हटाएपछि निवासको सुरक्षामा महानगरले नगरप्रहरी खटाएको छ।

जिपी संग्रहालय निर्माण हुने

नेपाली राजनीतिका शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय निर्माण हुने भएको छ। विराटनगर–७ स्थित कोइराला निवासमा बन्ने संग्रहालयको बिहीबार शिलान्यास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्