७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

समृद्धिका लागि मेयरको दण्डवत प्रणाम यात्रा

फोटोहरूः दण्डवत प्रणाम यात्रा गर्दै महानगर प्रमुख पराजुलीगायत । तस्बिर: विनोद/नागरिक

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरवासीको शान्ति र समृद्धिको कामना गर्दै दण्डवत प्रणामयात्रा सुरु गरेका छन्।

शनिबार विहान साँढे १० बजेदेखि  विराटनग ३ स्थित शिव पञ्चायन मन्दिरबाट सिघिंया घाटसम्म सडकमा घस्रेर दण्डवत प्रणाम यात्रा सुरु गरेका हुन्। विगतमा विभिन्न मनोकामना राखेर दण्दत प्रणाम यात्रा गर्दै आए पनि महानगर प्रमुखमा निर्वाचित भएपछि नगरवासीको शान्ति र समृद्धिका लागि छठ माताको ब्रत वसी दण्दवतप्रणाम यात्रा गरेको पराजुलीले बताए।

नगरप्रमुख पराजुलसिहित उनकी श्रीमति रञ्जीता पराजुली र भतिज प्रमेश पराजुली पनि दण्दवत प्रणाम यात्रामा निस्किएका छन्।  निराहार छठ पर्वको ब्रत बसेका पराजुलीले १६ औं पटक दण्डवत प्रणाम यात्रा सुरु गरेका हुन्।

२६ वर्षयता छठको ब्रत बसिरहेका पराजुली १६ वर्षदेखि  दण्डत प्रणाम गर्दैआएका छन्। मन्दिर देखि सिंघिया घाटसम्म साँढे  ३ किलोमिटर दुरी रहेको छ। उक्त दुरी पार गर्न ३ घण्टा लाग्ने पराजुलीले बताए। छठ माताको ब्रतवसी गरिएको  मनोकामना पुरा हुने जनविश्वास छ। 

तराई क्षेत्रमा भव्य रुपमा मनाईने छठका लािग विराटनगरका खोला, पोखरी र नहरहरूलाई विशेष रुपले सजाइएको छ। विराटनगरको सिंघिया, केसलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, मण्ठा पोखरीलगायतका स्थानमा घाट निर्माण गरी श्रद्धालु भक्तजनले अस्ताउँदो सुर्यलाई अर्घ दिने तयारी गरिरहेका छन्।

शनिबार वेलुका अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ। आइतबार विहान उदाउने सुर्यलाई अर्घ दिए पछि चार दिन लामो बर्त सम्पन्न हुन्छ। 

 

प्रकाशित: १६ कार्तिक २०७६ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App