२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिलाइ पेसाप्रति बढ्दो आकर्षण

कपडा सिलाउने र खलो लिने पेसाले गर्दा दलित समुदायभित्रको दमाई थर पाएका दैलेखस्थित सेते दमाईले अमानवीय व्यवहार मात्र खेप्नु परेन, अकालमै मृत्युवरणसमेत गर्नुपर्‍यो। कारण, ‘कथित अछुत (छोइछिटो) को दर्जा।’

किसानलाई प्राथमिकता

अहिलेको विश्वमा कुनै पनि मुलुक सबै क्षेत्रमा आत्मनिर्भर बन्न सक्दैन। तर, राज्य आफैँले घोषणा गरेको मुख्य क्षेत्रमा नै परनिर्भर हुनु भने कम्ती लाजमर्दो विषय होइन।

आत्मनिर्भरका लागि बजार तगारो

लोपोन्मुख राउटे समुदायका युवा दिपक शाही (२०) दिनमा पाँचवटा कोसी निर्माण गर्छन्। तर, विडम्बना उनले काठबाट बनाएका सामग्रीले बजार पाउँदैनन्। जसले गर्दा उनी बेरोजगार जसरी बस्नु पर्छ। १९ वर्षीय हिरासिंह शाहीको पनि उस्तै समस्या छ।

शिक्षण पेसा किन तिरस्कृत ?

करिब ४/५ वर्षको शिक्षण अवधिमा मैले शिक्षक साथीहरूबाटै सबैभन्दा बढी सामना गरिराखेका प्रश्न हुन्– तपाईं आइइएलटिएस गरेर राम्रो देश नगएर किन यो शिक्षणमा भुलेको ? लोकसेवातिर लाग्नुपर्ने मान्छे किन यता ? आदि।

आरन पेसा जोगाउनै मुस्किल

पुख्यौली पेसा गरेर जीविका चलाउँदै आएका मैवलका स्थानीय दलसिंह विकलाई पेसा लोप हुने चिन्ता छ। पेसा लोप हुने समस्यासँगै जीवन गुजारा गर्न निकै कठिन भएको उनी बताउँछन्।

फुच्चे खलासी

अब भने ऊ आफ्नो पेसामा निपुणझैँ देखिन्थ्यो। ऊ झिसमिसे उज्यालो नहुँदै उठ्थ्यो। उसको घर, कोठा जे भने पनि त्यही गाडी थियो। सुत्न डसना थिएन। बिहान उठेपछि ओढ्ने ब्ल्याङ्केटलाई पट्याएर सिटमाथिको र्‍याकमा राख्थ्यो। यसपछि उसको दैनिकी सुरु हुन्थ्यो।

पेसा परिवर्तन गर्दै बादी समुदाय

साँफेबगर नगरपालिकामा बसोवास गर्दै आएका बादी समुदायले पेशा परिवर्तन गर्न थालेका छन्। सुल्पा, मादल बनाइ गाउँगाउँ गएर बेचेर र नाचगान गरेर जिबीको पार्जन गर्दे आएका साँफेबगरका बादीहरुले आफ्नो पेशा परिवर्तन गर्न थालेका हुन्।

कृषि पेसा सिक्न इजरायल जाँदै युवाहरु

कैलाली गोदावरी नगरपालिका–९ का यज्ञराज भण्डारी डोटीको केदार ज्योति कुञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

‘राजनीति गर्ने मन भए शिक्षण पेसा छाडिदिनुपर्छ’ (भिडियो)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम परिवर्तन गर्दै नयाँ विषय ‘जीवन उपयोगी शिक्षा’को पाठयक्रम प्रारूप निर्माण गरिरहेका छन्।

सिलाइ पेसाबाट आत्मनिर्भर बन्दै महिला

बेलकोटगढी नगरपालिका–५ दुईपिपलकी लक्ष्मी श्रेष्ठको दैनिकी लुगा सिलाएरै बित्छ । गणित विषयमा स्नातक तह उत्र्तीण गरेकी श्रेष्ठले २०७० सालमा पढाईलाई निरन्तरता दिँदैै ६ महिना सिलाइकटाइ तालिम लिएकी थिइन् । त्यही तालिम उनको परिवारका लागि दैनिक खर्च धान्ने आम्दानीको बाटो बनेको छ।

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

नर्सिङ पेसामा १० बर्ष बिताएकी निरु कुवँरले आफ्नै लगानीमा शैलुन व्यवसाय थालेकी छन्। १० लाखको लगानीमा ललितपुरको नख्खुमा ‘व्युटी क्लव इनोरोभेटिभ’ नाम दिएर सोमबारदेखि कुवँरले सैलुन व्यवसाय थालेकी हुन्। यसअघि नर्सिङ पेसामा रहँदा उनले राजधानीमा नाम चलेका डाक्टर भोला रिजालसहित अन्य डाक्टरहरुसँगै काम गरिन्।

शिक्षण पेसा छाडेर च्याउखेती

२०७२ को वैशाखमा आएको विनाशकारी भूकम्पबाट विस्तापित भएर साल्मे, भाल्चे, लच्याङबाट विदुरको सिम्बुटार झरेर बनाइएका बाक्ला टहराहरु । टहराबाट तप्पतप्प झर्ने शीतसँगै साल्मेका दिलमान तामाङकोे जागरिला हात । उमेरले ६० लागिसकेका तामाङको हिम्मत र जागरले फक्रिरहेका कन्य जातका च्याउले भने झै लाग्छ, नगरे के हुन्न र ?

पेसा छाडेर राजनीतिमा

जानकी मन्दिरको दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटक जनकपुरको कोसेली मिठाई नै लिएर फर्किने गर्छन् । त्यो पनि मन्दिर नजिकै रहेको हंसराज मिठाई पसलबाटै । दुई दशकअघिसम्म जानकी मन्दिर क्षेत्रको फुटपाथमा थोत्रो ठेलामा नास्ता पसल चलाउने हंसराज साह त्यसअघि जनकपुरकै शिव मिष्ठान भण्डारमा काम गर्थे ।

संकटमा चुँदाराको पेसा

जिल्लाको अमलाचौरका टेके चुँदारा आफ्नो पेशा संकटमा पर्दै गएकोमा चिन्तित छन् । परम्परागत रुपमा काठको ठेका भाँडा बनाउने पेसा अँगाल्दै आएका चुँदाराले निर्माण गरेको भाँडाहरु बिक्री हुन छाडेपछि उनलाई परिवार धान्न मुस्किल पर्न थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्