१० मंसिर २०८१ सोमबार
image/svg+xml

राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन: पूर्वराजा ज्ञानेन्द्र

उनले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।

शारदीय शुभकामना

शरद ऋतुको यो सुन्दर बेला वर्षभरिका उहापोहपछिको एउटा विश्राम हो। यो मौसममा पर्ने प्रमुख चाडले वर्षभरिको थकाइ मेटाउँछ। आगामी वर्षका निम्ति आशा र उत्साहको समय हो यो। मानो रोपेर फलाएको मुरी उठाउने समय पनि हो यो। कृषि जीवनमा सदैव मेहनत गर्नुपर्छ।

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना

प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै मोदीले देउवालाई टेलिफोन गर्नुका साथै सामाजिक सञ्जाल ट्विटरमार्फत पनि शुभकामना तथा बधाई दिएका हुन्। मोदीले दुई देशबीचको साझेदारी थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्ध मजबुत बनाउन देउवासँग मिलेर काम गर्न चाहेको बताएका छन्।

अमेरिकी राष्ट्रपतिद्वारा नेपाली नयाँ वर्षमा शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्। साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन्।

जेठ पहिलो साता ‘शुभकामना गोल्डकप’

शुभकामना कप ‘शुभकामना गोल्डकपको नामबाट शुरुवात हुदैं छ । नाम मात्रै परिवर्तन होईन पुरस्कार राशीको आकार पनि बढाइएको छ ।

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्छ: प्रचण्ड

एक सय ११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताएका छन्।

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन्।

ग्याल्पो ल्होसारमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष च्यामो लाङ ल्हो (गोरु वर्ष)–२१४८औं ग्याल्वो लोसार २०७७ माघ ३० गते परेको छ। सरकारले चैत १ गतेलाई ग्याल्पो ल्होसार भनेर उल्लेख गरे पनि तिथी गलत भएको भन्दै माघ ३० मै ल्होसार मनाउने भएको हो।

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

क्यानडाका प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले नवरात्रीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र विश्वभरका हिन्दु समुदायलाई नवरात्रीको शुभकामना दिएका हुन्।

जन्मदिनको धेरै शुभकामना बुबालाई

पिता शब्द निकै घनीभूत छ। आमाको ममता नजिकैबाट नियाल्न पाइन्छ सधैँभरि, बाहिरैबाट देखिने गरी। सायद आमालाई यस्तै गुण दिइएको होला। ‘खाना खायौ ? बिरामी त छैनौ ? राति राम्रो सपना देखिनँ, घर कतिबेला फर्किन्छौ ? ढिलो हुन्छ, लिन आउनुपर्छ कि ?’ यस्ता प्रश्न आमाकै भागमा धेरै पर्छन्जस्तो लाग्छ।

आज संसद् दिवस

औपचारिक कार्यक्रमबिनै आज पर्ने संसद् दिवस मनाइँदै छ । कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरी शुभकामना सन्देशमार्फत संसद् दिवस स्मरण गरिएको हो । विगतमा पूर्वसांसद मञ्च र संघीय संसद् सचिवालको व्यवस्थापनमा संसद् दिवसका अवसरमा औपचारिक कार्यक्रम गरिन्थ्यो ।

प्रधानमन्त्री ओलीले भने : नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। एक भिडियो सन्देश जारी गर्दै "पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।"

कोरोनाका कारण फेरियो नयाँ वर्षको शुभकामना सन्देश

प्रदेश १ नं का सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङका सञ्चार माध्यममा नयाँ बर्षको शुभकामना दिदैं भने ‘कोरोनाका कारण यो पटकको नयाँ बर्ष क्वारेन्टाइन मै बिताऔं’ । प्रदेशसभाका अर्का सांसद बलबहादुर साम्सोहाङले पनि २०७७ साल प्रवेशको वर्ष उल्लासमा नभएर कोरोनासंग लड्ने सार्मथ्य निर्माणमा केन्द्रित हुन सल्लाह दिदैं नयाँसालको शुभकामना दिएका छन्। कोरोनाको संक्रमणबाट बच्ने उपाय भनेको भिडभाडबाट अलग र शान्त र संयम भएर बस्नु नै उत्तम उपाय भएको उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।

प्रधानमन्त्रीले दिए नवनियुक्त सभामुखलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्