७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीले भने : नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। एक भिडियो सन्देश जारी गर्दै "पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।" भनेका छन्।

उनले सबै स्वदेश विदेशभा भएका नागरिकलाई सुरक्षित रहन भनेका छन्। 'यो परिस्थितिको सहज भएका भए हामीले अहिले आर्थिक समृद्धिका कुरा, पर्यटन वर्षका कुरा गरिरहेका हुने थियौं', उनले भनेका छन्। हरेक अप्ठ्यारो परिस्थितिमा मानिस आत्तिने भए पनि यो परिस्थितिलाई संयम भएर सामना गर्न उनले भनेका छन्।

अन्यौल र विचलित नभइ नआत्तालिन उनले आग्रह गरेका छन्। नेपालमा कोरोनाको संक्रमण दर कम भएको र परीक्षणको दर पनि कम भएको उनले बताए। सिमित साधानस्रोतका बाबजुत सकारात्मक कम भएको उनले बताए।

 

 

प्रकाशित: १ वैशाख २०७७ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App