राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले अघि बढाएको कदमप्रति समर्थन जनाएका छन्। वास्तविक सुकुम्बासीलाई छुट्याएर उचित व्यवस्थापन गर्ने सरकारी नीति स्वागतयोग्य रहेको उनले बताएका छन्।
वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै उनले सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु सकारात्मक कदम भएको बताए ।
‘वास्तविक सुकुम्बासीलाई न्याय दिनु राज्यको दायित्व हो, तर नक्कलीका नाममा भइरहेको अतिक्रमण अन्त्य गर्नुपर्छ’, उनले भने । शाहीले सरकारलाई रचनात्मक साथ र सहयोग गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिपक्षलाई विरोधीका रूपमा मात्र नभई सहयात्रीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
सहकार्य र संवादमार्फत् मात्र दीर्घकालीन समाधान सम्भव हुने उनले बताए ।
प्रकाशित: १२ वैशाख २०८३ २१:१० शनिबार



-600x400.jpg)

