२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बाघको आक्रमणबाट बुधबार दिउँसो दुई महिला गम्भीर घाइते भएका छन्।  दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

अमेरिकी चलचित्र उद्योग तथा विभिन्न क्षेत्रमा भएको यौन उत्पीडनबारे संघर्ष गर्न तथा समस्यामा परेकाहरूलाई सहयोग गर्न हलिउड क्षेत्रका महिलाहरूले विशेष अभियानको सुरूवात गरेका छन् ।

चुनावमा महिलावादी दृष्टि

नयाँ संघीय संरचना, विकास र स्थायित्वको अपेक्षासहितको प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ निर्वाचन सकिएर मतपरिणाम पनि आइसकेको अवस्था छ ।

महिला फुटबलमा एपिएफको २६ गोल

राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै

भक्तपुरकी मनिषा श्रेष्ठलाई केही वर्षयता महिनावारी हुँदा पेट दुख्ने र निकै रगत जाने गरेको थियो । ४५ वर्षीया श्रेष्ठलाई अन्य कुनै रोग भने थिएन तर महिनावारी हुँदा रक्तश्राव बढी हुन्थ्यो । आफन्त र साथीहरूले महिनावारी सुक्ने समय भयो । त्यही भएर रक्तश्राव बढी भएको हो र पछि आफैँ ठीक हुने सल्लाह दिएका रहेछन् । जसले गर्दा उनी स्वास्थ्य परीक्षण नगराई आफैँ ठीक हुन्छ भन्दै कुरी बसिन् । चार महिनाअघि महिनावारी हुँदा उनको रक्तश्राव नै रोकिएन ।

महिला हुनुको मोल

गएको महिना ‘महिला हिंसाविरुद्ध १६ दिने अभियान’ सकियो । नोभेम्बर १६ देखि डिसेम्बर १ सम्म चलेको सो अभियानले लिङ्गका आधारमा हुने विविध किसिमका हिंसाविरुद्ध चेतना अभियानलाई होस्टेमा हैंसे गर्यो । यस अभियानका क्रममा कार्यक्रमहरु आयोजन गरिए, चेतना बढाउन भूमिका खेलिए र लैंगिक आधारमा हुने हिंसाको अन्त्यका लागि आवाज बुलन्द पारिए । हुन त यस्ता अभियान चलाइन्छन्, प्रचार–प्रसार पनि हुन्छ तर त्यसको परिणाम भने समाजमा निकै कम देखिन्छ ।

महिला राजनीतिकर्मीको गुणात्मक भूमिका

राजनीतिमा नेपाली महिला सहभागी हुन थालेको सय वर्ष पुगिसक्यो । राणा शासनको जगजगीका बेला दिव्या कोइरालाहरूले नारी जागरणको अभियान थालेका थिए । त्यस बेलाको जागरण भन्नु नै सामाजिक, राजनीतिक चेतना र अग्रसरताको कुरा हो । सय वर्ष अघिदेखि प्रत्यक्ष–परोक्ष रुपमा महिलाहरू राजनीतिमा सहभागी भए, खासगरी लोकतान्त्रिक अभियानमा । १९९० साल पछिको राजनीतिक आन्दोलनमा महिलाहरूको सहभागिताले संगठित रुप लिन थाल्यो ।

मुस्लिम महिलाले पुटिनलाई चुनौती दिने

रूसमा सन् २०१८ मा हुने राष्ट्रपतिको निर्वाचनमा मुस्लिम महिला ऐना गाम्टोटोवाले रसियाका तत्कालीन राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई चुनौती दिदै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेकी छिन् ।

राजनीतिक सिँढी उक्लँदै महिला

संविधानमा महिलाको हक अधिकारको सुनिश्चितता, पार्टीहरुका तर्फबाट स्थानीय तह तथा केन्द्रीय र प्रदेश तहमा हुने प्रतिनिधित्व आदिका कारण महिलाको राजनीतिक सिँढी आरोहण सहज हुँदै गएको छ । तर यो बाटो कति सहज थियो ?

भारत पसेका नेपाली महिला बर्षेनी हराउँछन्

नेपालगन्ज नाका भएर भारत पसेका नेपाली महिलाहरु हरेक वर्ष बढ्दो मात्रामा हराउने गरेका छन्। एक वर्षको अवधिमा मात्र भारत पसेका ६ सय ८० जना महिला अहिले सम्म सम्पर्कमा छैनन्। यस नाकाबाट भारत गएका ८ सय ३४ जना मध्ये १ सय ५४ जना मात्र फेला परेका छन्। अन्य महिलाको अवस्था अहिले सम्म अज्ञात छ।

आइतबारबाट महिला फुटबल

राखेप च्याम्पियनसिपअन्तर्गत आइतबारबाट १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा १६ गतेदेखि २७ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय  र पाँच क्षेत्रीय गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

किन हराउँछन् महिला र बालबालिका ?

‘मेरी बूढी छोरासहित हराई, अब के गर्ने होला’, निजगढ बाराका बलरामकुमार चौधरी माइती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई वर्षको छोरासहित हराएकी हुन् । तीन वर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफू नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन । पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेश सभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँवाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदापनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ । पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । त्यसैले बजारमा चर्चामाआएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन । पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु।

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउनु पर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको  छ ।  आप्रवासी कामदारको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को नेतृत्वमा जोर्डन, कुवेत र लेबनानमा गरिएको अध्ययन अनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्