२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

माइक्रोबसको ठक्करबाट एक महिला गम्भीर

आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएका छन्।  बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते भएकी हुन्।

दुर्घटनामा घाइते महिलाको मृत्यु

लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नम्बरकाे ट्रकले ग २ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्कीिस्थित जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

भारतसँग हार ब्यहोर्दै महिला साफ यु–१५ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

भारतसँग लज्जास्पद हार ब्यहोर्दै नेपाल महिला साफ यु–१५ च्याम्पियनसिपबाट बाहिरिएको छ। मंगलबार वीर श्रेष्ठ शहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा सम्पन्न आफ्नो दोस्रो खेमला नेपालले भारतलाई १०–० को नतिजा सुम्पिएको हो।

घरमा मृत अवस्थामा भेटिइन् महिला

बाँफिकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुङ्गानाले जानकारी दिए ।

महिला टोलीको फाइनल लक्ष्य

साफ यु–१५ महिला फुटबलको फाइनल खेल्ने लक्ष्यका साथ बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले आइतबार आयोजक बंगलादेशविरुद्ध खेल्दै छ । आइतबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा बंगलादेशविरुद्ध खेल्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले आफ्नो टोलीको रक्षापंक्ति राम्रो भएकाले फाइनल यात्रा तय गर्ने बताइन् ।

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ।  देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।

महिला प्रतिनिधित्वबारे

प्रतिनिधिसभामा प्रत्यक्षबाट ६ जना महिला मात्रै पुगेका छन् । प्रत्यक्षतर्फ ३.६३ प्रतिशत मात्रै महिला निर्वाचित हुनु आफैंमा समावेशी सिद्धान्तको उपहास हो । संघीय संसद्मा समानुपातिक प्रणालीमार्फत महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याएर मात्र समावेशी सिद्धान्तको सही अभ्यास हुन सक्दैन ।

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन्।  प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए। यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए।

घरसँगै जलेर महिलाको मृत्यु

इलाम नगरपालिका–५, स्थित घलेटारछेऊको एउटा घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ । बिहानको राति करिब २ बजे स्थानीय भोविन्द्र नेपालीको घरमा आगलागी हुँदा उनकी पत्नी ३० वर्षीया पवित्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ महिला विजयी

प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित सदस्यमध्ये महिलाको हिस्सा जम्मा ३.६४ प्रतिशत छ । १ सय ६५ सिटका लागि दुई चरणमा भएको चुनावबाट जम्मा ६ जना महिला प्रतिनिधिसभा सदस्य चुनिएका छन् ।

मेचीबाट प्रतिनिधिसभामा एक्ली महिला पवित्रा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन्।  मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी हुन्। योसँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेका छन्।

राष्ट्रियसभा अन्योलमा हुँदा महिला छान्न गाह्रो

समानुपातिक प्रणाली निर्वाचनमार्फत प्रतिनिधिसभामा कुन पार्टीबाट कतिजना महिला छान्ने भन्ने अन्योल देखिएको छ । राष्ट्रियसभा गठन भइनसकेकाले समानुपातिकमा कुन पार्टीबाट कतिजना महिला छान्ने भन्ने विषयमा अलमल देखिएको निर्वाचन आयोगले जनाएको छ ।

घटेन महिला हिंसा

बर्सेनि महिलाहिंसा विरुद्धका गतिविधि चले पनि महिला हिंसाका घटना घट्न नसकेको भन्दै सरोकारवालाहरूले चासो देखाएका छन् । राजधानीमा सम्पन्न महिला हिंसाविरुद्ध १६ दिने अभियानको समापन कार्यक्रममा सहभागी वक्ताले महिलाहिंसा अन्त्यका लागि प्रभावकारी कार्यक्रम हुनुपर्नेमा जोड दिएका छन् ।

महिला आयोगद्धारा हेल्पलाइन सेवा प्रारम्भ

राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सोमवारदेखि सञ्चालनमा ल्याउने भएको छ । लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन डिसेम्बर १० को अवसर पारेर यो सेवा शुभारम्भ गरिएको हो ।

१०७ वर्षीया महिलाले गरिन् मतदान

झापाको दमक–८ जनता आधारभूत विद्यालय केन्द्रमा १ सय ७ वर्षीया नन्दकुमारी अधिकारीले मतदान गरेकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्