२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिला कर्मचारीको नेतृत्वमा मतदान केन्द्र

तौलिहवास्थित बालमन्दिर भवनको मतदान केन्द्र महिलाहरुको नेतृत्वको जिम्मेवारीमा सुम्पिएको छ।  उक्त मतदान केन्द्रमा आठ जना महिला कर्मचारी रहेका छन्।

महिला खेलाडी छनोट

बंगलादेशमा हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रतियोगिताका लागि २० खेलाडीसहितको टोली घोषणा गरेको छ ।

महिलाका लागि प्रत्यक्ष निर्वाचन

कथम्कदाचित महिलालाई प्रत्यक्ष उम्मेदवारीको टिकट दिइहाले पनि पार्टीपंक्तिले कति पैसा छ ? चुनावमा कति खर्च गर्न सक्छौ ? पैसाको व्यवस्था गर्न सक्छौ ? घरको अवस्था कस्तो छ ? यी र यस्ता प्रश्न अघि सारेर प्रतिस्पर्धामा जान हतोत्साहित गर्ने अनुभव पनि महिला नेताहरूको छ ।

महिला हिंसाविरूद्ध १६ दिने अभियान सुरु

नेपालमा महिला हिंसाविरोधी १६ दिने अभियानको सुरुवात विभिन्न कार्यक्रम गरी सुरुवात भएको छ । ‘महिला हिंसाविरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो ।

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन्।  व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन्। बस्यालको गए राति मृत्यु भएको हो।

‘महिला मुद्दा उठाउनेलाई भोट’

उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको उनीहरूको तर्क छ।

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।

ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्।

दक्षिण एसियाली पत्रकार महिलाका समान समस्या

दक्षिण एशियाली राष्ट्रका पत्रकार महिलाका समस्या समान रहेको सम्बद्ध महिला पत्रकारहरूले जनाएका छन् । ‘दक्षिण एशियाली महिला सञ्जाल’को ९ औं सम्मेलनमा सहभागी प्रतिनिधि पत्रकार महिलाहरूले सो कुरा बताएका हुन् ।

निर्वाचन सुरक्षाका लागि नौ सय महिला प्रहरी

चितवनमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा परिचालन हुने सुरक्षाकर्मीमा नौ सयजना महिला प्रहरी छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा एक हजार ८ सय ९५ प्रहरी र एक हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन हुनेछन् ।

साउदीका महिला घरबाहिर काम गर्न पाउने

महिलाहरूको जीवनस्तरबारे साउदीमा उठिरहेको सवालले त्यहाँका महिलाहरूको जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन्।

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ।  जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ। गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन्।

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ । थप, नेपाली फिल्ममा महिलाको चरित्र चित्रण ‘पितृसत्तात्मक’ सोचभन्दा पर जान सकेको छैन । नेपाली फिल्मको कुरा गर्दा बारम्बार सुनिदै आएका आलोचना शनिबार ‘मिररिङ दि वुमन्स रोल इन फिल्म इन्डस्ट्री’ शीर्षकमा भएको बहसमा महिला फिल्मकर्मीले पनि दोहो¥याए । समूहगत छलफलमा सहभागी सबै महिलाकर्मीको निष्कर्ष थियो, ‘ नेपाली फिल्ममा नारी चरित्रको चित्रण पुरुषवादको माखेसाङलोमा छ तर त्यो साङलो तोड्न सजिलो छैन ।’

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्