२१ आश्विन २०८१ सोमबार
image/svg+xml

९२ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राऊ गरेको छ। झण्डै पाँच लाख मूल्य बराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिलाहरू शुक्रबार बिहान पक्राउ गरेका हुन्।

सुत्केरी महिलाको ज्यान जोखिममा

बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ। उहाँ सुत्केरी भएको १८ दिन भयो। बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताइन्।

महिला र ऊर्जाको सवालमा जोड

महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ।

सिलाइ पेसाबाट आत्मनिर्भर बन्दै महिला

बेलकोटगढी नगरपालिका–५ दुईपिपलकी लक्ष्मी श्रेष्ठको दैनिकी लुगा सिलाएरै बित्छ । गणित विषयमा स्नातक तह उत्र्तीण गरेकी श्रेष्ठले २०७० सालमा पढाईलाई निरन्तरता दिँदैै ६ महिना सिलाइकटाइ तालिम लिएकी थिइन् । त्यही तालिम उनको परिवारका लागि दैनिक खर्च धान्ने आम्दानीको बाटो बनेको छ।

सबै महानगरपालिकामा महिला प्राविधिक शिक्षालय

महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन देशका ६ वटै महानगरपालिकामा एक–एक वटा महिला बहुप्राविधिक शिक्षालय खोलिने भएको छ।

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

महिलाका लागि ट्विटर कति सुरक्षित?

एमनेस्टी इन्टरनेसनलले हालसालै प्रकाशित गरेको अनलाइनमा महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी एक प्रतिवेदनका अनुसार ट्विटर महिलाहरूका लागि असुरक्षित र महिला अधिकार हननको प्रमुख केन्द्र बनेको छ।

कञ्चनपुरमा १५ सय महिलाको स्वास्थ्य परीक्षण

खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर १ मा सञ्चालित स्वास्थ्य शिविरमा १५ सय ६६ महिलाले स्वास्थ्य परीक्षण गराएका छन्।

धनुषामा बम विस्फोट, एक महिला घाइते

धनुषाको पूर्वी क्षेत्र धारापानीमा विहीबार बम विस्फोट हुँदा जंगलमा घाँस काट्नका गएकी एक महिला घाइते भएकी छिन्।

महिला जनजागरण

बिस्तारै स्थानीय महिलामा आएको जनचेतना र जागरणका कारण अहिले उनीहरु आफंै छाउपडी गोठरूपी ‘मृत्युका घर’ भत्काउन अग्रसर भएका हुन् । यस हिसाबले पनि अछामका महिलाले सुरु गरेको यो अभियान प्रशंसायोग्य छ ।

महोत्तरीमा एक महिलाको निर्ममतापूर्वक हत्या

महोत्तरीको मटिहानी नगरपालिका–२ वरदाहा घर भएकी २५ वर्षीया पुनम देवी दास तत्तमाको निर्ममतापूर्वक घाटी थिचेर हत्या गरिएको छ।

सहकारीले गाउँका महिलामा समृद्धि

जुम्लाका प्रत्येक गाउँमा सहकारीले काम गर्न थालेपछि समृद्धि ल्याएको अनुभूति स्थानीयले गर्न थालेका छन्। सहकारीले स्थानीय महिलाको जीवन स्तरमा परिवर्तन ल्याएको छ। पाँच वर्ष अघीसम्म घर खर्च चलाउनको लागि श्रीमानको भर पर्नुपरेकोमा अहिले उल्टै खर्च दिएर श्रीमानलाई पठाउने गरेको महिलाहरुले बताएका छन्। ग्रामिण क्षेत्रका महिलामा सहकारीले वचत गर्ने बानीको विकास गरेको छ।

‘महिला नेतृत्व स्विकार्नै गाह्रो’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सुचिताकुमारी यादवलाई गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहविरुद्ध अदालत जानुप-यो। फागुन २१ गते उच्चअदालत जनकपुरको राजविराज इजलासमा उपाध्यक्ष यादवद्वारा दायर मुद्दामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले आफूलाई दिएको अधिकारबाट अध्यक्षले वञ्चित गर्न खोजेको आरोप लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्