२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आफैं बस्ने छाउपडी गोठ भत्काउँदै अछामका महिला (फाेटाे)

अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्।

महिला हिंसाविरुद्ध पुरुषको आह्वान

मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे। म खुसी हुँदैं धन्यवाद भन्थेंँ। अनि धेरैजसोको पुरक प्रश्न आउँथ्यो– छोरा भयो कि छोरी?’ छोरा– म उत्तर दिन्थेँ। अधिकांशको जवाफ हुन्थ्यो–ल उसो भए फेरि बधाई छ।

बिहेपछि महिलाको जात के हुने ?

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी माओवादीकी दुर्गा सुवेदी र एमालेकी सुजिता शाक्य जनजाति महिला कोटाबाट सांसद बनेपछि महिलाको जातीय पहिचान के हुने ? भन्ने कुराको फेरि बहस सुरु हुन थालेको छ ।

अधिकांश अपराधका घटनामा महिला पीडित

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमा दर्ता भएका अधिकांश अपराधका घटनामा महिला पीडित हुने गरेका छन्।

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघर र स्तन क्यान्सरबारे प्रारम्भिक जाँच शिविर सुरु गरिएको छ।

आत्मनिर्भर बन्दै महिला

नवलपरासीकी कल्पुकुमारी चौधरीले पटेरको काम थालेको ९ वर्ष पुगेको छ। सुरुमा घरबाटै पटेरका सामग्री बनाउन थालेकी उनले अहिले भने उद्योग नै चलाएकी छन्। उनले कुर्सी, गिलास, मुडालगायत सामग्रीलाई पटेरबाट कभर गर्छिन्।

महिला भलिबल अर्को महिना

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा वैशाखको अन्त्यमा संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

महिला समूहको भान्छा

हाम्रो समाजमा आज पनि भान्छाको काम महिलाकै जिम्मामा छ । त्यसैले पकाउने–खुवाउने सीपमा महिला अब्बल पनि छन् । तर महिनाभरि खाना पकाएबापत गृहिणीले न ज्याला पाउँछन्, न त तलब।

आर्थिक क्षेत्रमा महिला सहभागिता न्यून

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आर्थिक क्रियाकलापमा पुरुषको भूमिका हाबी हुँदा लैंगिक समानताको नाराले सार्थकता पाउन नसकेको उनीहरुको भनाइ छ।

महिला कण्डम प्रयोगकर्ता बढे

महिला कण्डम वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार जिल्लामा महिला कण्डम प्रयोगकर्ताहरु बढ्न थालेका छन्। सन् २०१६ मा ३२ जनाले महिला कण्डम लगेकोमा २०१७ मा १ सय ३० जनाले यसको प्रयोग गरेका छन्।

यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन्।

मध्य उमेरका महिला र पुरुषमा आइपर्ने संकट

सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला...  केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु ।

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ। चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्