२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महिलामाथि एसिड प्रहार गर्ने सर्इलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। साेमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन्।

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै  विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।

विहेको आश्वासन दिएर जनप्रतिनिधिले महिलालार्इ गर्भवती बनाएपछि...

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

छतबाट खसेर महिलाको मृत्यु

घरको छतबाट खसेर झापा दमकमा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ गुरुङ रहेकी छिन्।

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी महिलाहरू ज्यादै खुसी देखिएका थिए। फेसन शोमा विश्वका अन्य मुलुकका महिलाहरूको पनि सहभागिता रहेको थियो।

महिलालाई आत्मसुरक्षा तालिम

राष्ट्रिय महिला आयोगले महिलाहरुलाई आत्मसुरक्षा तालिम दिएको छ। आयोग परिसरमा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो।

महिला भलिबललाई शिवम्को साथ

शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजकका रूपमा सघाउने भएको छ।

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहटमा मंगलबार एक बालिका र एक महिलाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिकामा महिलाको शव फेला परेको छ भने करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलोपटक महिला, एउटै कोर्षमा मेजर दम्पत्ती

नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ। सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन्।

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

सिमकोट गाउँपालिकास्थित भरगाउँका अघिकांश महिला घरायसी काममा व्यस्त हुन्छन् । उनीहरुको दैनिकी खेतीपाती र घरायसी काममै बित्छ।

मेयरविरुद्ध महिलाहरु रिले अनशनमा

मेयरले नगरपालिकाको काम मनोमानी गरेको भन्दै त्यसको विरोधमा जिल्ला स्थित बलरा नगरपालिका कार्यालयमा सूरु भएको रिले अनशनमा आईतबार स्थानीय महिलाहरु सहभागि भएका छन्।

टोखामा महिलाकाे हत्या गर्ने कञ्चनपुरबाट पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौ‌ले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौ‌ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। झन्डै पाँच लाख मूल्यबराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिला शुक्रबार बिहान पक्राउ गरेका हुन्।

‘मेरो सफलता धेरै महिलालाई प्रेरणा हुन सक्छ’

मुलुकका वाणिज्य बैंकहरूको इतिहासमै पहिलो पटक अनुपमा खुन्जेली महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भइन्। निजी क्षेत्रको पछिल्लो वाणिज्य बैंकहरू मध्येको एक मेगाले बिहीबार उनलाई सिइओमा नियुक्त ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्