काठमाडौं – राष्ट्रिय महिला आयोगले महिलाहरुलाई आत्मसुरक्षा तालिम दिएको छ। आयोग परिसरमा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो। महिलामाथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालिम एवं सचेतना अभियान सञ्चालन गरिँदै आएको राष्ट्रिय महिला आयोगले जनाएको छ।
महिलामाथिको बढ्दो शारीरिक हिंसा कायम रहेकाले यसको न्यूनीकरण गर्न यस्तो तालिम उपयोगी भएको आयोगका सचिव अनिलकुमार ठाकुरले बताए। ‘महिला आत्मसुरक्षा तालिमलाई अभियानका रुपमा संघीय संरचना तहमा पु¥याउनुपर्ने देखिन्छ,’ ठाकुरले भने।
महिला आत्मसुरक्षा तालिमका प्रशिक्षक गिरी सुनाले महिलाहरुलाई हिंसाबाट जोगिन मानसिक र शारिरीक रुपमा कसरी तयार पार्न तालिम सहयोगी हुने बताउँदै तालिमको पाठ्यक्रम नै तयार गरिएकाले सवै महिलाले लाभ लिनसक्ने बताए। राष्ट्रिय महिला आयोग सम्बोधन परियोजनाबकी पलिता थापाले महिला आत्मसुरक्षालाई विद्यालय शिक्षादेखि घर र कार्यालयसम्म प्रभावकारी अभियानका रुपमा विस्तारित गर्नुपर्ने जनाइन्।
केयर नेपाल सहआयोजनामा भएको सो कार्यक्रममा महिला आयोग हेल्पलाइनमा कार्यरत कर्मचारी, महिला आयोग, केयर नेपाल, महिला अधिकार, राष्ट्रिय महिला आयोग तथा महिला अधिकार र सुरक्षा क्षेत्रमा सक्रिय महिला सहभागी थिए।
प्रकाशित: ६ वैशाख २०७५ ०१:५५ बिहीबार