२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महिला स्वास्थ्य स्वयं सेविका नै दुर्गमका डाक्टर

मेल्लेख–६ षोड्शादेविकी मनसरा खड्काले गाउँका आमा तथा बालवालिकाको स्वास्थ्यका क्षेत्रमा निःशुल्क सेवा गर्न थालेको १२ बर्ष पुगेको छ।

काठमाडौंलाई महिला फुटबल उपाधि

सुनकलाई राईले गरेको गोलबाट काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ।

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।

सनातन धर्म जोगाउन खरो रुपमा उत्रिन्छु : पहिलो महिला शंकराचार्य

विश्वकै पहिलो महिला शंकराचार्य हेमानन्द गिरीले सनातन धर्म जोगाउन खरो रुपमा उत्रिने बताएकी छिन्। उनले सनातन धर्मलाई विखण्डन गर्ने, कमजोर पार्ने काम वैज्ञानिक धर्मबाट भइरहेको र नेपाललाई कमजोर देशका रुपमा घुँडा टेकाउने षडयन्त्र भइरहेको भन्दै त्यसविरद्ध खरो रुपमा उत्रिने बताइन्। ‘सनातन धर्म संस्कृति जोगाउन श्रम, शक्ति, विवेक र जीवन लगाउनेछु’, उनले भनिन्– ‘मलाई तपाईहरुको साथ चाँहिएको छ।’

प्रस्तावनापत्र लेख्ने सीप नहुँदा महिला उद्यमीलाई समस्या

उपत्यकाबाहिरका महिला उद्यमीले उद्योगको विषयमा प्रस्तावपत्र लेख्ने सीप नहुँदा सम्बन्धित निकायबाट बजेट ल्याउन नसकेको बताएका छन् ।

जासुसी गरेकाे अाराेपमा रूसी महिला अमेरिकामा पक्राउ

जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना अमेरिकामा पक्राउ परेकी छन्।

सामुहिक बलात्कारमा परेकी महिलाको उद्धार

सामुहिक बलात्कारमा परेकी एक महिलाको उदयपुर प्रहरीले आईतबार राती उद्धार गरेको छ ।  सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको बा १४ च ६८१७ नम्बरको स्कारपियो जीपमा ४ जना युवाको नियन्त्रणमा रहेकी ति महिलालाई प्रहरीले चेकजाँचका क्रममा उद्धार गरेको हो।

महिलालाई सताउने रक्तअल्पता

महिलाको जीवनकालमा कुनै न कुनै बेला सताउने समस्या हो रक्तअल्पता । यो समस्यामा बर्सेनि महिलाले जोखिमपूर्ण जीवन बिताइरहेका छन् नै । रक्तअल्पताकै कारण कतिको मृत्यु समेत हुने गरेको छ । नेपालमा रक्तअल्पता समस्या यथावत रहेको कारण महिलाको स्वास्थ्य र सरकारको जनस्वास्थ्य लक्ष्य चुनौती बनिरहेको विज्ञहरु औंल्याउँछन् ।

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।

‘महिलालाई महत्व पुगेन’

अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक जिल इलिसले भिडियो सहायक रेफ्री (भिएआर) प्रविधि प्रयोग गर्ने अधिकार महिलालाई पनि उत्तिकै भएको बताएकी छिन् । महिला विश्वकप अर्को वर्ष फ्रान्समा हुँदै छ।

मिथिला कलामा महिला हिंसा

तराजुको एकातिर घुम्टो लगाएकी महिला छिन् । अर्कोतिर पगरी गुथेका पुरुष छन् ।महिलातिर कार, मोटरसाइकल, गरगहनालगायत थुपै्र सामान राखिएको छ । तर, तराजुको पल्ला पुरुषतिरै ढल्केको छ।

‘बुटिक’सँगै भविष्य बुन्दै महिला

नीलकण्ठ नगरपालिका–३ धादिङकी विन्दु श्रेष्ठ सादा कपडामा सितारा, पोते लगाउन सिकिरहेकी छन् । २१ महिलासँगै एकै ठाउँमा बसेर श्रेष्ठले फुर्सदको समयलाई बुटिक (कपडामा बुट्टा भर्ने) काममा लगाएकी छन् ।

गर्भवती महिलालाई बाख्रा वितरण

नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ।

डा. केसीको पक्षमा जुम्ली महिला सडकमा

चिकित्सा शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुनु पर्ने माग गर्दै ११ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा जुम्लाका महिला सडकमा उत्रिएका छन्। उनीहरुले तत्काल डा. केसीको जीवन रक्षा गर्नुका साथै जनताको पक्षमा उठाएका जायज माग पुरा गर्न सरकारलाई दबाव दिएका हुन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला नजिकैवाट निस्केको महिलाको जुलुस कृष्णमन्दिर विजयनगर हुदै वसपार्कमा गएर टुंिगएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्