सल्यान – सल्यानमा घाँस काट्ने क्रममा रूखबाट खसेर एक महिलाको मृत्यु भएको छ।
छत्रेश्वरी गाउँपालिका–६, रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी आइतबार गाईवस्तुका लागि घाँस काट्ने क्रममा घर नजिकैको रूखबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि अञ्चल अस्पताल तुल्सीपुरमा लगिएको थियो। उपचारका क्रममा उनकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ। (रासस)
प्रकाशित: २४ असार २०७५ १५:४६ आइतबार