३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नेप्जुमले जित्यो ‘एभरेष्ट कप’

गैरआवसीय नेपाली संघ (एनआरएन) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा शनिबार भएको एभरेष्ट कपको उपाधि नेप्जुम एमबीजेडले हात पारेको छ। सेमीफाइनल खेलमा एनआरएनए नर्वेसँग नेप्लिज स्टुडेन्ट कम्युनिटी इन ओस्लो (नेस्को) नर्वे र नेप्जुंगसँग योङ्ग ब्वाइज युनियनसँग खेल भएको थियो।

अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

रोजर मार्टिनेज र डुवान जापाटाको गोलपे्ररित कोलम्बियाले आइतबार कोपा अमेरिकामा अर्जेन्टिनालाई २–० ले हराएको छ। समूह ‘बी’ अन्तर्गत कोलम्बियालाई नतिजा सुम्पिएसँगै लामो समयपछि अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि जिताउने लियोनल मेसीको लक्ष्य पहिलो खेलमै धरमराएको छ।

संकटालाई हराउँदै उपाधि आयोजक नुवाकोट-११ को पोल्टामा

शुक्रबार बट्टारमा सम्पन्न दोस्रो नुवाकोट गोल्ड कपको उपाधि घरेलु टोली नुवाकोट ११ ले हात पारेको छ।

पोर्चुगललाई अर्काे उपाधि

तीन वर्षपछि युरोपियन फुटबलमा सफलता दोहा¥याउँदा पोर्चुगल र क्रिस्टियानो रोनाल्डोले उत्सवको रूपमा अर्को अन्तर्राष्ट्रिय उपाधि चुमेका छन् । आइतबार युइएफए नेसन्स कपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै उपाधि जितेको पोर्चुगलले सन् २०१६ मा युरो कप च्याम्पियन भएपछि अन्तर्राष्ट्रिय विश्व फुटबलमा अर्को ठूलो सफलता दोहो¥याएको हो।‘हाम्रा लागि यो ठूलो सफलता हो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने,‘यो जित सदैव पोर्चुगिज फुटबलमा यादगार दिनका रूपमा रहनेछ ।’ पोर्चुगलको यो सफलतामा रोनोल्डोको भूमिका उत्कृष्ट रह्यो ।.

रोनाल्डो कप्तानीको टिम पोर्चुगलले जित्यो नेशन्स लिग फुटबलको उपाधि

नेशन्स लिग फुटबलको उपाधि क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगलले जितेको छ।

जिल्ला लिगको उपाधि सयपत्रीलाई

जिल्ला लिग फुटबलको उपाधि सयपत्री युवा क्लब यासोकले जितेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा टुस्टर स्पोर्टिङ क्लब इम्बुङलाई फराकिलो गोल अन्तरले हराउँदै सयपत्री च्याम्पियन भएको हो।

सुमनलाई एभरेस्ट म्याराथन उपाधि

६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी एभरेस्ट म्याराथनअन्तर्गत १७औं संस्करणमा पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङले हात पारेका छन्। उनले ४२ किलोमिटरको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गरेका थिए।

न्यु डायमन्डलाई उपाधि

न्यु डायमन्ड एकेडेमीले शनिबार दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

चौथो सिन्धु कप जावलाखेललाई

चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ।  स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो।

आर्मीलाई केपिएल उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधिमाथि कब्जा जमाएको छ। शनिबार वीरेन्द्रनगरको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित ग¥यो। जितसँगै आर्मीले पाँच लाख रुपैयाँ हात पा-यो।

स्याङ्बाले जिते पुरुष खुला दौडको उपाधि

रसुवाको कालिका गाउँपालिकामा सञ्चालन गरिएको ४० वर्ष माथिको पुरुष खुला दौड प्रतियोगिताको उपाधि पासाङ छिरिङ स्याङ्बाले हात पारेका छन्। प्रतियोगितामा ज्याङ्जु लामा द्वित्तीय, हरि पौडेल तृतीय र अर्जुन प्रसाद लामिछानेले सान्त्वना स्थान हासिल गरेका छन्। दौडको दूरी १ हजार मिटर रहेको आयोजक कालिका युवा क्लबका अध्यक्ष सुजन न्यौपानेले बताए।

राजर्षि जनक कपको उपाधि थ्रीस्टारले चुम्यो

तेस्रो राजर्षि जनक कपको उपाधि रुस्लान थ्रिस्टारले चुमेको छ। शुक्रबार भएको फाइनल खेलमा सर्लाहीको बागमती नगरपालिका टिमलाई २–१ गोलले पराजित गर्दै थ्रीस्टारले यो वर्षको पहिलो क्याप भित्रयाएको हो। उपाधिसँगै थ्रिस्टारले राजर्षि रनिङ्ग शिल्ड एवं नगद १० लाख रुपैंया हात पारेको छ भने उपविजेता वागमतीले ५ लाख रुपैंयामै चित्त बुझाउनु परेको छ।

‘प्रथम कटारी नगर मेयरकप’को उपाधि कटारी २ लाई

कटारी नगरपालिकामा आयोजित ‘प्रथम कटारी नगर मेयरकप फुटबल प्रतियोगिता ०७५’ को उपाधि कटारी २ त्रिबेणीले चुमेको छ। त्रिबेणीले कटारी १४ लेखानीलाई शून्यका विरुद्ध १ गोलको सहज अन्तरमा पराजित गर्दै मेयरकपको उपाधि हात पारेको हो।

एपिएफद्वारा उपाधि रक्षा

न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

प्रिन्स र रसिलालाई उपाधि

सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ को उपाधि उचालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्