२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘प्रथम कटारी नगर मेयरकप’को उपाधि कटारी २ लाई

कटारी (उदयपुर)– कटारी नगरपालिकामा आयोजित ‘प्रथम कटारी नगर मेयरकप फुटबल प्रतियोगिता ०७५’ को उपाधि कटारी २ त्रिबेणीले चुमेको छ। त्रिबेणीले कटारी १४ लेखानीलाई शून्यका विरुद्ध १ गोलको सहज अन्तरमा पराजित गर्दै मेयरकपको उपाधि हात पारेको हो। 

कटारी बजारस्थित टाईगर खेलमैदानमा गत १८ गते जारी प्रतियोगिताको आईतबार सम्पन्न फाईनल खेलमा त्रिबेणीका खेलाडी जीवनकुमार दनुवारले १ गोल गरेका थिए। टिम क्याप्टेनसमेत रहेका दनुवारले खेल सुरु भएको ४१ औं मिनटमा गरेको पहिलो गोल नै अन्तिम र निर्णायक बन्न पुगेको थियो। फाइनल खेलका म्यान अफ द म्याच १४ का मानस राई घोषित भए।

कटारीस्थित साथी समूहको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता समूहलाई कार्यबाहक नगरप्रमुख कृष्णराज दनुवारले ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरियो। उपविजेता लेखानीलाई २५ हजार नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरियो। खेलका विभिन्न विधातर्फ पनि पुरस्कार प्रदान गरिएको छ। 

जस अनुसार उदीयमान खेलाडीको पुरस्कार कटारी ४ का सञ्जय तामाङले पाए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार कटारी २ कै सुजल गिरीले पाए। उत्कृष्ट गोलरक्षक कटारी २ कै भूपाल खत्री भए भने ५ गोल गर्न सफल विजेता टिम २ नं. कै जीवनकुमार दनुवारले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। उपविजेता टिमका मानस राई उत्कृष्ट खेलाडी ठहरिए। 

आयोजक क्लब साथी समूहका अध्यक्ष मानबहादुर तामाङका अनुसार कटारी नगरपालिकाको ५ लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो। कटारीमा यसअघि ३ वर्षदेखि ‘कटारी गोल्डकप’ सञ्चालन गरिदै आइएको थियो। नगरपालिकाकै सहयोगमा ३ वर्ष सञ्चालन भईसकेको प्रतियोगिता यो वर्ष नगर मेयरकप सञ्चालन गरिएपछि गोल्डकप हुने नहुने टुंगो नलागेको स्थानीय खेलाडी बताउँछन्। 

प्रकाशित: २४ चैत्र २०७५ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App