३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

पाहुना टोली भारतले पाँचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको दिन शुक्रबार नेपाल चौथो पटक पनि उपविजेतामा खुम्चिनु परेको छ। घरेलु मैदानमा पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल भारतसँग ३–१ ले स्तब्ध भएसँगै ट्रफी घरमै राख्ने सपना यसपटक पनि अधुरै रह्यो।

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे हुनेछ।

महिला साफ च्याम्पियनसीपः उपाधिका लागि नेपाल भारतसँग भिड्ने

पाँचौं महिला साफ च्याम्पियनसीपको उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ। बंगलादेशलाई सेमीफाइनलमा  ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको भारत उपाधिका लागि नेपालको प्रतिस्पर्धी बनेको हो। यसअघि श्रीलंकालाई ४–० गोल अन्तरले नै पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो।

दाउफिन्सलाई माइभ्याली गोल्डकप

क्यामरुनी टोली दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। मंगलबारको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्सले गोल्डकप आफ्नो कब्जामा पारेको हो।

माइभ्याली गोल्डकप : उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै

पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधिका लागि मंगलबार (आज) दुई नयाँ टोली आमनेसामने हुँदै छन्। माइभ्यालीमा पहिलो पटक सहभागिता जनाएका हिमालयन शेर्पा क्लब र क्यामरुनको दाउफिन्स क्लब पहिलो पटक सदरमुकामको ठूलो टुँडिखेलमा भिड्ने भएका हुन्।

अत्तरीयालाई उपाधि सुम्पिदै बिदा भयाे तेस्राे संस्करणकाे डीपीएल (फाेटाे फिचर)

धनगढी प्रिमियर लिग (डीपीएल) काे  तेस्राे संस्करण शनिबार बिदा भएकाे छ। तेस्राे संस्करणमा डीपीएलले सिवाइसी अत्तरीयालाई  नयाँ विजेता पाएकाे छ। यसअघिका दुबै संस्करणकाे उपाधि धनगढीले जितेकाे थियाे। यसपटक धनगढीले समूह चरण समेत पार गर्न सकेन।

आर्मीलाई झापा गोल्डकपको उपाधि

घरेलु मैदानमा झापा ११ लाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो झापा गोल्डकपको उपाधि जितेकोे छ। सोमबार भएको फाइनल खेलमा झापा ११ लाई ५–३ गोलले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।

लिभरपुल फेरि सिटी सँगसँगै

लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंकदूरी घटाउँदा इङ्लिस प्रिमियर लिग उपाधि होडमा रोमाञ्चकता प्रदान गर्ने क्रममा आइतबार बर्नलीलाई ४–२ ले हराएको छ।

स्टर्लिङको ह्याट्रिकमा म्यानचेष्टर सिटी विजयी, टोटेनह्याम भने स्तब्ध

उपाधि दौडमा रहेको म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा स्पष्ट चार अंकको अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले वार्टफोर्डलाई ३–१ गोलअन्तरले पराजित गर्दा रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे।

स्क्वाटमा विपासी र ओलिभालाई उपाधि

जिमखाना एन्ड मुवाथाईकी विपासी तुलाधर र दी पिजिक्स ओर्कसपकी ओलिभा महर्जनले चौथो अन्तरक्लब महिला स्क्वाट प्रतियोगितामा क्रमश ६० केजी तौलमाथि र ६० केजी तौलमुनिको उपाधि जितेका छन् ।

उपाधिका लागि श्रीभगवती र आरसिटीको भिडन्त

श्रीभगवती क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो चरणको खेलमा दोस्रो जित हात पारेका छन्।

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

आर्मीलाई सडन डेथमा पराजित गर्दै दुई पटक पछि परेको अवस्थालाई उल्ट्याएर रुस्लान थ्री स्टार क्लबले १७औं संस्करणको आहा रारा गोल्डकप उपाधि उचाल्यो।

थ्री स्टार र आर्मीबीच उपाधि भिडन्त

मोफसलको उत्कृष्ट गोल्डकपको उपमा पाएको आहा रारा गोल्डकपको १७औं संस्करणको उपाधि छिनोफानोसँगै आज शनिबार बिट मार्नेछ। उपाधिको लागि घरेलु फुटबलका दुई हस्ती रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन्।

केभिएसलाई दोहोरो उपाधि

काठमाडौं विनायक शिक्षालय (केभिएस) ले जिसाका स्पोर्ट्स मिटमा दोहोरो उपाधि जितेको छ। केभीएस सिनियर ब्वाइज कबड्डी र जुनियर ब्वाइज फुटबलमा च्याम्पियन बन्यो।

सन्नीकाे उत्कृष्ट ब्याटिङमा डीपीएलकाे उपाधि अत्तरीयालाई

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाइसी अत्तरीयाले जितेको छ। फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरीयाले पहिलो पटक डीपीएलको उपाधि आफ्नो पोल्टामा पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्