३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्। शनिबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

सन्दीपको क्लब मेलबर्न स्टार्स बिग बास लिगको उपविजेतामा सीमित

नेपाली खेलाडी सन्दीप लामिछानेको क्लब मेलबर्न स्टार्स अष्ट्रेलियामा सम्पन्न बिग बास लिग क्रिकेटको उपविजेतामा सीमित भएको छ। पहिलो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरेपनि त्यसपछिका खेलाडीले खराब प्रदर्शन गर्दा मेलबर्न रेनिगेड्सले सन्दीपकाे मेलबर्न स्टार्सलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो।

विश्वरूपा र गजेन्द्र च्याम्पियन

विभागाीय टोली त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरूपा बुढाले पाँचौं ओपन रोड रेसमा उपाधि जितेका छन्। प्यारागन पब्लिक स्कुलको आयोजनामा शनिबार भएको पाँच किलोमिटर रोड रेसमा आर्मीका गजेन्द्र १५ मिनेट २७ दशमलव २५ सेकेन्ड समयका साथ च्याम्पियन भएका हुन्।

फाइनलमा आर्मी र गण्डकी भिड्दै

विभागीय टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश झापाको भद्रपुरमा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

गण्डकी प्रदेशलाई उपाधि

रामेछाप जिल्लामा सञ्चालित मन्थली मेयर कप  फुटबलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा जिल्लाको नमुनादीप युवा क्लबलाई हराउँदै गण्डकी प्रदेशले उपाधि जितेको हो ।

स्यान्टु र नविता च्याम्पियन

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्।

एपिएफको उपाधि सुनिश्चित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो।

त्रिभुवन आर्मीलाई मदन भण्डारी गोल्डकप

दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। इटहरी रंगशालामा भएको फाइनलमा शनिबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। जितसँगै आर्मीले नगद १६ लाख रुपैयाँ प्राप्त गरेको छ।

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो।

सञ्जयलाई वेस्टर्न ओपन उपाधि

गल्फर सञ्जय लामाले ९ वर्षपछि पोखराको हिमालयन गल्फ कोर्समा आफ्नो अग्रतालाई जोगाउँदै १९औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि जितेका छन्।

पारसकाे शतकमा नेपालले जित्याे पहिलाे एकदिवसीय सिरिजकाे उपाधि

पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो।

ओसाकालाई वर्षको पहिलो ग्रान्ड स्लाम

जापानकी नाओमी ओसाकाले चेक रिपब्लिककी पेत्रा केभितोभालाई स्तब्ध बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिमरा रंगशालामा दिउँसो २ः३० बजे बाट सुरु हुनेछ। ‘ए’ डिभिजनका दुई क्लबले शनिबार हुने रुस्लान उचाल्ने दाबी गरेका छन्।

आर्मीलाई महिला हक्कीको उपाधि

हेटौंडामा सम्पन्न सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले हात पारेको छ। शुक्रबार भएको फाइनलमा प्रदेश नम्बर–३ लाई पेनाल्टी स्ट्रोकमा ३–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा गरेको हो।

कोहलीलाई एकै पटक तीन उपाधि

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को वर्ष खेलाडीको उपाधिसहित एकै पटक तीन उपाधि आफ्नो बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्