५ आश्विन २०८१ शनिबार
image/svg+xml

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक

काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ ।

स्रोत नखुलेको २७ लाख नगद सहित चार जना पक्राउ

स्रोत नखुलेको रकमसहित पर्सामा एकै दिनमा बेग्लाबेग्लै ठाउँबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पछिल्लो समयमा हुण्डि कारोबार नियन्त्रण गर्ने उदेश्यले पर्सा प्रहरीले स्रोत बिनाको रकम ओसार पसारमा कडाई गरेको छ। सोही क्रममा उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बैंक कर्मचारीलाई नियन्त्रणमा लिएर चार लाख लुटपाट

रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेका छन्।

मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन्। विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन्।

प्रहरी भन्छ : ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल भयो

नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीको भनाई छ।

गुमेको रकम १० महिनापछि फिर्ता

दुबई (यूएई)मा आकर्षक तलवका लागि रोजगार पाउने प्रलोभनमा ठगिएका खोटाङका एक युवाले झण्डै १० महिनापछि रकम फिर्ता पाएका छन्। यूएईमा आकर्षक तलवसहितको रोजगार दिलाउने प्रलोभनमा ठगिएका केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका पहलमान तामाङले गुमेको १ हजार ८५१ दिराम रकम फिर्ता पाएका हुन्।

२० लाख नदिए महिलाकाे हत्या गर्ने धम्की दिने पक्राउ

एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ।

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।

एटीएमबाट पैसा चाेर्ने चिनियाँ नागरिक सार्वजनिक

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक भएका छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनामा संग्लग्न व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नै पतिको हत्यारासँग पैसा लिइ घटना गुपचुप राखेको आरोपमा भोजपुर नगरपालिका ४ सिद्धेश्वर दाँवाकी मिना मिजार सार्कीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पतिको हत्यारालाई कानुनको कठघरामा उभ्याउनुको साटो मिनाले उल्टै पैसा लिएर घटना लुकाएकी थिइन्।

सञ्चालकद्धारा लाखौं हिनामिनाः चार वर्षदेखि २४ परिवारको २५० रोपनी जग्गा रोक्का

‘एक करोड ऋण ल्याएर सदस्यहरुलाई ५० लाख जति बाँडे, अरु पैसाको हिसाब किताब छैन’ आइतवार सहकारीका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आएकी धनकुमारी लामाले भनिन्। सहकारीमा आवद्ध किसानलाई कृषिमा लगानी गर्न बैंकबाट वाइबाले सदस्यहरुको जग्गा धितो राखेर ऋण लिएका थिए। तर उनले ५० लाख आफैँले चलाएको आरोप पीडित सदस्यहरुको छ।

महिनावारी नबारे पैसा पाइने

पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ।

विज्ञ भन्छन् : सांसदले पैसा बाँड्दा स्थानीय सरकारले काम गर्न पाएनन्

विज्ञहरुले 'सांसद पूर्वाधार विकास कोष’ ले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको दावी गर्दै आपत्ति जनाएका छन।

आइफा अवार्डलाई पैसा नदिन भन्दै प्रदर्शन

आइफा अवार्डको लागि सरकारले ४४ करोड भन्दा बढी रकम दिन लागेको भन्दै विरोध भएको छ। सरकारको निर्णय विरुद्ध स्वतन्त्र राष्ट्रिय अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्