२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी भन्छ : ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल भयो

काठमाडौं- नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना बनाएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरुको क्रेडिएन्टल ह्याकिङ गरेर रकम निकालिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको  छ। उनीहरुलाई उपत्यका र उपत्यका बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङका ४३ वर्षिय लावाङ तामाङ, रसुवा नौकुण्डकी ४० वर्षिय लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षिय संजय घले, रसुवा नौकुण्डकी २० वर्षिय निर्मला तामाङ, रसुवा नौकुण्डकी १८ वर्षिय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षिय पुष्पराज खड्का रहेका छन्।

पिटरले नेपालका एजेन्टहरुलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरुमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको प्रहरीले बताएको छ। पिटरले ५ अर्व भन्दा बढी रकम ह्याक गर्ने योजना सहित नेपालमा रहेका उनका सहयोगिसँग समेत मिटङ गरेको तथ्य समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ।

 

 

 

प्रकाशित: ८ आश्विन २०७६ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App