५ मंसिर २०८१ बुधबार
image/svg+xml

उपचार खर्च नहुँदा साङ्लोमा

मानसिक रोगले थलिएपछि सूर्याेदय नगरपालिका–४ मालुमका एक युवक साङ्लोमा बाँधिएर घरको कोठामा दिन–रात बिताइरहेका छन्। मान्छे चिन्ने तर सही–गलत छु्याउनै नसक्ने २४ वर्षे उत्तम राई यसरी साङ्लोमा बाँधिएर घरको एक कोठामा सीमित बनेको करिब ६ महिना भयो ।

उपचार हुन्छ बाँझोपनको

चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान्–श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्पर्क गर्दा पनि गर्भ धारण नभएमा त्यसलाई बाँझोपन भनिन्छ ।

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

बाढी प्रभावित बस्तीमा उपचार गर्दै डा. केसी

तिलाठि(सप्तरी)- बरिष्ठ चिकित्सक गोबिन्द केसी सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनी बाढी प्रभावित जनताको उपचार गर्न सीमावर्ती गाउँ तिलाठी आएका हुन्।

निःशुल्क उपचार पाए पनि खर्च पुर्‍याउन गाह्रो

भेरी मालिका नगरपालिका– ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा घुँडाको अप्रेशन हुँदै थियो।

मलेसियामा गाडी दुर्घटना, कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

युवा नेता पौडेल उपचारका लागि दिल्ली जाँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल घाँटीमा समस्या देखिएपछि उपचारका लागि दिल्ली जाने भएका छन्। उनी बुधाबर विहान दिल्ली जाने भएका हुन्।

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ।

प्राथमिक उपचार सिक्दै शिक्षक

विन्द्रप्रसाद जोशी डौड गाविसमा रहेको जनता जनार्दन उच्च माध्यामिक बिद्यालयका शिक्षक हुन्। उनको काम अन्य शिक्षकहरुझै शिक्षण गर्नु हो। तर, शनिबार दिपायलमा उनी छुट्टै अभ्यासमा देखिए। उनी प्राथमिक उपचारका चरणहरुबारे ज्ञान लिँदै थिए। ‘विद्यालयमा विभिन्न किसिमका समस्या आउँछन्।

पाठेघर खसेको तीस वर्षपछि उपचार

लितपुर, चौघरेकी ६६ वर्षीया सुकुमाया थिङको २९ वर्षअघि नै पाठेघर खसेको थियो । उनले यो समस्या न कसैलाई भनिन् न त उपचारमै गइन्। मिर्गौलामै समस्या आएपछि केही दिनअघि मात्र उनी सुमेरु अस्पताल भर्ना भइन्।

बेलैमा उपचार गरे निको हुन्छ कुष्ठरोग

काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्