काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्। यो उपचारले निको हुनु त परै जाओस् उल्टै रोगका किटाणु सक्रिय भएर खुट्टाको चेतना हराउँदै गयो।
मन्जु दस वर्षपछि मात्र कुष्ठरोगको उपचार अस्पताल आनन्दवन पुगिन् जतिबेला किटाणुले खुट्टाको नशामा असर पुर्यादइसकेको थियो। वर्षदिनसम्मको औषधि सेवनपछि कुष्ठरोग बढ्ने समस्या त रोकियो तर छालामा चेतना हराएको भागमा चोटपटक लाग्ने र नयाँ घाउ बन्ने समस्या भने बल्भि्करह्यो। नयाँ घाउ देखिने क्रमले उनमा अहिले अपांगता बढिरहेको छ।
कुष्ठरोगले अपांगता भएपछि उनले विवाह पनि कुष्ठरोग प्रभावितसँगै गरेकी थिइन्। अहिले उनका चार सन्तान छन्। दुवै जना मिलेर परिवारको गुजारा चलाउँछन्। तर ढिला उपचारमा जाँदाको सजाय अहिले पनि पाइरहेका छन्। पटक–पटक दम्पतीकै हातखुट्टामा ठक्कर लागेर नयाँ घाउ बन्छन् ।
'औषधि खाइसकेपछि हाम्रो रोग कसैलाई सर्दैन तर काम गर्दा खुट्टाको चेतना नभएर ठक्कर हुँदा घाउ निको हुन सकेन,' शाहीले मंगलवार नागरिकसँग भनिन्।
बेलैमा उपचारमा नपुगैले काभ्रेकी ३५ वर्षीया चेली रानामा पनि अपांगता उब्जियो। शरिरमा कुष्ठरोगका दाग देखिए पनि जडीबुटीको भरमा एक वर्ष ढिला गर्दा उनका पनि खुट्टा बिग्रिए। 'पहिला गाउँघरकै जडीबुटी लगाएर बसेँ, अस्पताल पुग्दा धेरै बिग्रिसकेको रहेछ,' रानाले भनिन्।
पाटन अस्पतालले रोगको पहिचान गरेपछि मात्र कुष्ठरोग उपचारमा पुगेकी थिइन् उनी। औषधि सेवनपछि निको भयो तर नशा बिग्रेको खुट्टाको चेतना हरायो। औषधि खाएपछि अर्को बच्चा जन्माइन्।
६ र्व्षअघि पति सानुुकान्छा पुलामी अर्को विवाह गरेर ब्ेपत्ता भएपछि उनी समस्यामा परिन्। बिग्रेको नशामा समस्या आएपछि उनी तीन सातादेखि आनन्द व्न अस्पतालमा उपचार गराइरहेकी छिन्।
'मेरो श्रीमानलाई भेट्न जान भन्दिनू है?' उनले नागरिकसँग भनिन्।
बेलैमा उपचार नपुग्दा अंगभंग हुन पुगेका अर्का व्यक्ति हुन् मकवानपुरका ७८ वर्षीय बृष तामाङ। ३५ वर्षअघि कुष्ठरोगले च्यापेपछि उनका नाक, आँखा र खुट्टा बिगे्रको हो ।
यही रोगले हातखुट्टा बिग्रिएको छ नुवाकोटका ६५ वर्षीय शेरबहादुर तामाङको। घरैमा बस्दै आएका उनी खुट्टामा घाउ बढेपछि अस्पताल आएका हुन्। यी सबैमा अहिले कुष्ठरोगको समस्या छैन तर पहिले नै नशा मरेका कारण बेला–बेला घाउ बढ्ने गर्छ।
'द लिप्रोसी नेपाल ललितपुरका अनुसार हाल नेपालमा ढिला उपचारमा पुगेकै कारण ३० हजार जना अपांगता बन्न पुगेका छन्। कुष्ठरोगले अंगभंग भएकालाई कुष्ठरोग प्रभावित भनिन्छ। सुरुकै अवस्थामा पहिचान गरेको अवस्थामा कुष्ठरोगले शरीरमा धेरै असर नपुगी निको हुन सकिन्छ।
अस्पतालका निर्देशक डा. इन्द्र नापितका अनुसार समयमै उपचार नपुगेर बढी उल्लिखित कुष्ठरोग प्रभावितमा बढी क्षति पुगेको हो। 'अलि–अलि लक्षण थाहा पाउनेबित्तिकै उपचार पाए केही पनि क्षति हुँदैन,' उनले भने। सुरुकै अवस्थामा कुष्ठरोगका किटाणु थोरै हुने र बढी समय भएमा किटाणुसमेत बढेर शरीरका कोषसमेत मार्दै जाने भएकाले छालामा चेतना नहुने समस्या आएको हो। चेतना नहुँदा खुट्टाले ढुंगा, तातो पदार्थ, चिसो चिजबाट घर्षण हुन गई नयाँ घाउ बन्छन्।
आनन्द अस्पतालका तालिम अधिकृत गोपाल पोख्रेलका अनुसार कुष्ठरोग प्रभावितको छालामा चेतना नहुने भएकोले तातो, चिसो, फोहर, सानातिना चोट, काँडा, ढुंगाको ठक्करबाट बचाए कम क्षति हुन्छ।
आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने र प्रभावित व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने रोग हो यो। बिरामीले श्वास फेर्दा हावामा किटाणु फैलिएर यो रोग सर्ने भएकाले सबै यसको जोखिममा छन्। यसको किटाणु हावामा निस्केमध्ये ९९ प्रतिशत मृत्यु हुने तर गुम्सिएको कोठामा भने यो १२ दिनसम्म जीवित रहने भएकाले घाम नलाग्ने कोठाहरुमा यसको जोखिम बढी हुन्छ।
यस रोगले छालामा असर गर्दा रातो तथा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखिने, स्नायुमा असर गर्दा हातगोडा झमझमाउने र मांशपेशी कमजोर हुनेजस्ता लक्षण देखिन्छन्।
यी लक्षण देखिनेबित्तिकै उपचारमा गएर ६ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरे पूर्ण निको हुने विज्ञले बताए।
नेपाल कुष्ठरोगको जोखिममै
नेपालले सन् २०१० मै कुष्ठरोग निवारण घोषणा गरे पनि यसको जोखिम कायम रहेको कुष्ठरोग विज्ञले जनाएका छन्। मंगलबार नेपाल लेप्ररोसी मिसन नेपालको ६३ औं विश्व कुष्ठरोग दिवस अवसरमा उनीहरुले यस्तो जनाएका हुन्। आउँदो माघ १७ मा मनाइने यो दिवस विश्वभर 'कुष्ठरोग शून्य समाजको परिकल्पना, मानवअधिकार र पुनर्स्थापना हाम्रो चाहना' भन्ने नारासाथ मनाइँदैछ।
घोषणापछि पनि प्रत्येक वर्ष उत्तिकै संख्या र बालबालिकामा समस्या बढी देखिनु र मुख्य प्रभावित तराईका मुख्य जिल्लामा निवारण हुन नसक्नुले जोखिम यथावत रहेको उनीहरुको दाबी छ।
'बालबालिकामा देखा पर्नु भनेको अझै समुदायमा यसको किटाणु छन् भन्ने बुझिन्छ,' अधिकृत पोखरेलले भने। तथ्यांकअनुसार तराईका झापा, मोरङ, कैलाली, पर्सा, धनुषा, कपिलवस्तुलगायत जिल्लामा निवारण हुन सकेको छैन।
प्रतिवर्ष औसत २ देखि ३ सयका दरले देखा परेको छ। यो संख्या कुल नयाँ कुष्ठरोगीमध्येकै ८ प्रतिशत हो।
तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ३ हजार नयाँ कुष्ठरोगी सम्पर्कमा आइरहेका छन्। हालसम्म नेपालमा बहुऔषधिबाट उपचार गर्ने कुष्ठरोगीको संख्या १ लाख ७५ हजार छ।
मंगलबार कार्यक्रमलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका राष्ट्रिय निर्देशक डा. जोश भ्यान्डलरले नेपालले निवारण घोषणा गरे पनि चुनौती कायम रहेको जनाए। 'प्रत्येक नयाँ वर्ष करिब ३ हजार नयाँ बिरामी देखा परेका छन्,' उनले भने।
निवारणपछि रोगीको संख्या घट्दै जानुपर्नेमा यथावत देखिनुले जोखिम भएको उनले बताए। राष्ट्रिय तहमा निवारण भएको कुष्ठरोगलाई जिल्ला तहमा पुर्यारउन उनले सुझाए। 'जिल्ला तहमै निवारण गरेर कुष्ठरोगलाई इतिहासमा सीमित गरौं,' उनले भने।
डा. भ्यान्डलरले प्रत्येक वर्ष १ हजारभन्दा बढी नयाँ बिरामी देखिने १३ राष्ट्रमध्ये नेपालसमेत परेको उनले जनाए। विश्व स्वास्थ्य संगठनको सन् २०२० भित्र विश्वबाट कुष्ठरोग निवारण गर्ने लक्ष्य छ। विश्वका कुल कुष्ठरोगीमध्ये दक्षिणपूर्वी एसियामा मात्र ६३ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठन तथ्यांक छ।
प्रकाशित: २१ वैशाख २०७३ ०२:४४ मंगलबार