उपचारका क्रममा सुत्केरीको मृत्यु
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो।
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो।
फिदिम नगरपालिका– ८ चोगमागुकी २१ बर्षिय आशा तुम्बापोको उपचारमा ७ लाख २१ हजार ३ सय ८१ रुपैयाँ आर्थिक सहयोग जुटेको छ। आन्द्रामा ट्युमर पलाई अप्रेशन गर्ने क्रममा तुम्बापो समाज सेवा, नेपालको संयोजनमा यतिको सहयोग गरीएको हो।
महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको बताए।
नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पताल लगिएको छ।
खोटाङको खार्पा–२ की १८ वर्षीय मृगौला पीडित बीना श्रेष्ठको सहयोगार्थ साँस्कृति कार्यक्रम गरिएको छ। बिगत ६ वर्ष अघिदेखि मृगौला रोगको समस्याबाट पीडित बीनाको मृगौला प्रत्यारोपणका लागि रकम जुटाउन शनिबार भर्याङ नाट्य मञ्च नेपालको आयोजनामा राजधानीको राष्ट्रिय नाचघर जमलमा बृहत साँस्कृतिक कार्यक्रम गरिएको हो।
विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंठौं वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ।
सार्वजनिक स्वास्थ्य संस्थाहरूमा उपचारार्थ आउने सबै बिरामीलाई निःशुल्क औषधि वितरण गर्नभन्दा सार्वजनिक सेवालाई स्तरीयता र सहजता प्रदान गर्दै गरिब र असहायका लागि निःशुल्क उपचार गरिदिनु महत्वपूर्ण हुन्छ।
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको अप्रेसन पछि आइतबार घर फर्किएका छन्। शुक्रबार पेटको अत्याधिक दुखाई पछि उनलाई धापासी स्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए।
मुटु रोगबाट पीडित प्रकाश ल्वारको सोमबार मृत्यु भएको छ। २ वर्षदेखि मुटु रोगबाट पीडित तुलवीरे ल्वारका छोरा प्रकाश ल्वारको उपचार हुन नसकी १८ वर्षको उमेरमा मृत्यु भएको आफन्त धनवीरे ल्वारले बताए।
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले सरकारी अस्पतालमा पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने व्यवस्थाका लागि प्रक्रिया अघि बढाएको बताएका छन्।
खोटाङमा मल द्धार नभएका बच्चाको उपचारकालागि आर्थिक अभाव भएको छ । खिदिमा–१ लामीडाँडाका अर्जुन राई र मीना राईको दुई वर्षे बच्चाको उपचारकालागि आर्थिक अभाव भएको हो ।
अघिल्लो साँझ यहाँ जीप दुर्घटना हुँदा मालिककै निधन भएपछि घाइतेहरुको उपचारमा समस्या परेको छ। दुर्घटनामा घाइतेहरुको उपचार खर्च गाडी मालिकले व्यहोर्ने परम्परा रहेकोमा मालिककै निधन भएपछि उपचारमा आर्थिक समस्या परेको आफन्तले बताएका छन्।
भूकम्पको बेला भाँचिएको खुट्टाको उपचार गराउन नसक्दा धादिङ झार्लाङकी चन्द्री तामाङको अहिले बिजोक छ। भूकम्पको बेला चर्चभित्र च्यापिएर घाइते भएकी झार्लाङ–३ न्यन्चोकी चन्द्री अहिले एउटै ओछ्यानमा थलिएकी छन्।उपचारमा खर्च जुटाउन नसकेपछि तत्कालीन समयमा खुट्टाको अवस्थामा सुधार आएको भन्दै चितवन मेडिकल कलेजले घर पठाइदिए उनी फर्किर अस्पताल जान नसकेकी हुन्। अहिले भाँचिएको खुट्टामा थाङ्नो कपडा र बाँसको कप्टेरोमा लोक्ताले बाँधेर राखेकी छन् ।