१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आर्मी र एपिएफ लिग च्याम्पियन

ओपन स्पाइकर धनबहादुर भट्ट र मानबहादुर श्रेष्ठको सानदार प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै आरबिबी एनभिए पुरुष लिग भलिबल जितेको छ। महिलातर्फ भने एपिएफले न्यु डायमन्ड एकेडेमीलाई हराउँदै लिग च्याम्पियन बनेको छ।

माइभ्याली गोल्डकपः १–शून्य गाेलले एपिएफ विजयी

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफले जितेको छ। सिएमजी संकटालाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै एपिएफले खेल आफ्नो पक्षमा पारेको हो। संकटासँग मोफसलका भएका विभिन्न ६ भेट मध्ये योसहित २ खेलमा एपिएफले जित निकाल्न सफल भएको छ।

माइभ्याली गोल्डकपः संकटा र एपिएफ भिड्दै

मोफसलका ५ भेटमा ४ नतिजा आफ्नो हात पारेको सिएमजी संकटा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग मंगलबार तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछ। व्यक्तिगत रूपमा नेपालकै ‘सेलिब्रेटी’ विमल घर्ती मगरसहित मैदान उत्रिन लागेको संकटालाई एपिएफ सामना गर्नु ‘जटिल नभएपनि’ खेलाडीबीचको तालमेल चुनौतीपूर्ण हुनेछ।

एपिएफ सेमिफाइनलमा

जावलाखेल युवा क्लब काठमाडौंलाई २–० गोलअन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा जारी 'राजर्षि जनक कप' अन्तर्गत चौथोे दिन शनिबार एपिएफको तर्फबाट खेलको १४औं मिनेटमा जर्सी नं. ११ का नवीन लामाले पेनाल्टी एरियाबाट पहिलो गोल गरे।

राजर्षि जनक कपः जावलाखेललाई पराजित गर्दै एपिएफ विजयी

सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’ फुटबलअन्तर्गत चौथोे दिन शनिबारको खेलमा जावलाखेल युवा क्लब काठमाडौंलाई ०–२ गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।

एपिएफ र न्यु डायमन्ड फाइनलमा

एपिएफ र न्यु डायमन्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबारको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–११, २५–१५, २५–१८ ले पराजित गर्‍यो।

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेट

एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार एपिएफले सुदूर पश्चिमलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

सुदूर पश्चिमाञ्चल र एपिएफ फाइनलमा

सुदूर पश्चिमाञ्चल र एपिएफ टोली इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा सोमबार सुदूर पश्चिमाञ्चलले पश्चिमाञ्चल ७ विकटले तथा एपिएफले पूर्वाञ्चललाई ७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।

सुदूरपश्चिमाञ्चल र एपिएफ विजयी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा सुदूरपश्चिमाञ्चल र विभागीय टोली एपिएफ विजयी भएका छन्।

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लब पूर्वाञ्चलको इटहरीमा सुरु भएको ११औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप फुटबलको शनिबारको खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

रेलवे र एपिएफ फाइनलमा

दोस्रो सेटमा लिएको अग्रतालाई जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप चौथो महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा रेलवे टिम इन्डियासँग सोझो सेटमा पराजित हुनुपरेको छ।

रेलवे इन्डिया र एपिएफको जित

साबिक विजेता रेलवे टिम इन्डिया र उपविजेता एपिएफले चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। रेलवेले नेपाली विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६, २५–१४ ले हरायो।

आर्मी र एपिएफलाई भलिबल उपाधि

त्रिभुवन आर्मीको पुरुष र एपिएफ महिला टोलीले सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार पोखरा रंगशाला आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २५–२१, २१–२५, २७–२५, २५–१३ ले हरायो।

महिलामा एपिएफ र पुरुषमा पुलिस सफल

नेपाली भलिबलमा विभागीय टिमको बर्चस्व कायम राख्ने क्रममा बुधबार सशस्त्र प्रहरी बलको एपिएफ महिला टोली तथा नेपाल पुलिसको पुरुष टोलीले पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

एपिएफलाई संकटाको प्रहार

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि २–० को जित हासिल गर्दै सिएमजी संकटा क्लबले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। संकटाको जितमा राज पौडेल र सुशिल केसी गोल गरेका थिए। तर खेलको नायक मार्टिन अजाई भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्