१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एपिएफमाथि न्यु डायमन्डको तेस्रो प्रहार

नियमित प्रतिद्वन्द्वी एपिएफमाथि पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा ३–२ को जित हासिल गर्दै न्यु डायमन्ड स्पोर्टस एकेडेमीले बिहीबार चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

घरेलु प्रतियोगितामा एपिएफको उच्च फर्म

साबिक विजेता एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

ढोरपाटनमा एपिएफ अगाडि

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई बिहीबार ३- को सोझो सेटमा पराजित गर्दै ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

रिड मोडलशीर्षमा, एपिएफ दोस्रो स्थानमा

ढोरपाटन ब्लु स्काई टिभिएस डबल लिगमहिलाभलिबलप्रतियोगितामाउपाधिकोदाबेदार टोली रिड मोडल, सशस्त्रप्रहरी बलको एपिएफ र न्यू डायमन्ड स्पोर्ट्स एकेडेमीले बुधबार जितहासिल गरेका छन्।

ढोरपाटनमा एपिएफ र न्यू डाइमन्ड अगाडि

साबिक विजेता एपिएफ र उपविजेता न्यू डाइमन्ड स्पोटर्स एकेडेमीले १२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा सोमबार जित हासिल गरेका छन्।  डाइमन्डले राजधानीको  गोंगबुस्थित नयाँ बसपार्कमा विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई सहजै सोझो सेटमा अन्डर–१० मा हरायो। डाइमन्डले विजेश्वरीलाई २५–२, २५–३, २५–० ले पराजित गर्‍यो।

एपिएफका वर्ष खेलाडी पुरस्कृत

सशस्त्र प्रहरी बलले वर्षभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आइतबार पुरस्कृत गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले एपिएफ वर्ष खेलाडी पुरस्कारबाट विभिन्न खेलका ३१ जनालाई पुरस्कृत गरेका छन्। पुरस्कार कार्यक्रममा विभिन्न खेलका ६ खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेयर र कराते प्रशिक्षकलाई वर्षको उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्रदान गरियो।

झापा र एपिएफको निर्णायक भेट

सशस्त्र प्रहरीको एपीएफ क्लब र रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि भिडन्तका लागि शनिबार मैदानमा उत्रिँदा भिन्न दबाबमा हुनेछन्।

टाइब्रेकरबाट एपिएफ फाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लबले बिहीबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनल प्रवेश गरेको छ। एपिएफको जितमा गोलरक्षक राजु योगी नायक बने। निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। आयोजकका निशान्त लिम्बुको प्रहार एपिएफका गोलरक्षक राजुले रोकेका थिए।

एपिएफको साघुँरो जित

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजनको प्रतिद्वन्द्वी सिएमजी संकटा क्लबलाई १–० ले पराजित गर्दै मंगलबार मेची नेत्रालय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रिकेटको स्वर्ण एपिएफलाई

भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा सशस्त्र प्रहरीको एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई ३३ रनले हराएपछि क्रिकेटका सबै पदकमा विभागीय टोलीले कब्जा गरेका छन्।

फाइनलमा आर्मी र एपिएफ

अनिल मण्डलको अविजित ६२ रन मद्दतमा त्रिभुवन आर्मी क्लबले बिहीबार नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा पुग्यो। आर्मीले स्वर्ण पदकका लागि अब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले पनि मध्यमाञ्चललाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

एपिएफ पुरुष फुटबलको फाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअर्न्तगत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। एपिएफले बुधबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो।

एपिएफको जितसँगै राष्ट्रिय खेलकुद सुरु

महिला फुटबलमा एपिएफको जितसँगै शनिबार दुहबीबाट सातौं वृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु भएको छ। शुक्रबार वीराटनगर रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत रुपमा उदघाटन गर्ने सातौं राष्ट्रिय महिला फुटबल शनिबारै सुरु भएको थियो।

एपिएफ र रुपन्देहीलाई अवसर

सशस्त्र प्रहरीको एपिएफ क्लब र रुपन्देही–११ यी दुवै टोलीलाई नेपाली फुटबलको ठूला प्रतियोगितामा हम्मेसी उपाधि दाबेदार मानिँदैन। तर, यसपटक झापामा जारी सहारा सुरुङ्गा गोल्डकपमा दुवै टोलीले नेपाली फुटबलका सदाबहार बलिया टोलीहरूलाई हराउँदै आफूलाई उपाधि दाबेदार बनाएका छन्।

टाइब्रेकरमा एपिएफको यात्रा

पहिलो खेल टाइब्रेकरमै जितेको एपिएफ क्लबले सहारा सुरुङ्गा गोल्डकप फुटबलको फाइनल यात्रा पनि टाइब्रेकरबाटै निश्चित गरेको छ। विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब टाइब्रेकरमा ५–४ ले विजयी भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्