११ मंसिर २०८१ मंगलबार
image/svg+xml

थप रुटबाट जहाज नेपाल छिर्न पाउँछन् ?

भारतले थप चार स्थानबाट हवाई प्रवेशमार्ग (रुट) दिन सहमति जनाएको छ । तर, सबैको एउटै चासो छ– के यति सहमतिकै भरमा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यबाट अब ती रुट हुँदै जहाज नेपाल प्रवेश गर्न र बाहिरिन पाउँछन् ?भारतको सहमति हुनासाथ ती रुटबाट जहाज भित्रिन र बाहिरिन भने पाउँदैनन् । यसका लागि नेपालले अझै कम्तिमा एक वर्ष प्रतीक्षा गर्नैपर्छ जसरी दुई वर्षदेखि यी रुट उपलब्ध गराउन नेपालले भारतसँग ताकेता गरेको गर्यै थियो ।

यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

थप दुई न्यारो बडी जहाज किन्न सैद्धान्तिक सहमति

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको छ ।

गुल्मीमा पहिलो पटक जहाज, साकार भयो गुल्मीका नागरिकको सपना

एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो।

इरानलाई जहाज नबेच्ने बोइङको घोषणा

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले अन्ततः इरानलाई जहाज बिक्री नगर्ने औपचारिक घोषणा गरेको छ । बोइङले विज्ञप्ति जारी गरी अमेरिकाद्वारा इरानमाथि लगाइएको प्रतिबन्धको सम्मान गर्दै उसलाई जहाज नबेच्ने घोषणा गरेको हो । इरानमाथिको प्रतिबन्ध कायमै रहका कारण उसलाई कुनै पनि जहाज बिक्री नगर्ने बोइङले घोषणा गरेको हो ।

सुकिलुम्बामा बस्यो जहाज (फोटो फिचर)

इलाम सदरमुकामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल भएको छ। काठमाडौंबाट सोमबार मध्याह्न ११ बजेर ५७ मिनेटमा सुकिलुम्बा विमानस्थलसम्म हवाइजहाज आइपुगेको थियो।

हवाइजहाजमा जुर्यो ‘उडान’

पोखरेली साहित्यकार बद्रीविनोद प्रतीक सन् २०१२ मा अमेरिकाबाट नेपाल हवाइजहाजमा एक्लै फर्किदै थिए । अमेरिका जाँदा श्रीमति सावित्री पराजुलीका साथ गएका प्रतीक फर्किदा एक्लिएपछि हवाई यात्रामा उनलाई ठूलै सकस प-यो। त्यही सकसको पीडालाई प्रस्तुत गर्न नयाँ पात्र सिर्जना गरेर उनले उपन्यास ‘उडान’ लेखे।

रेल गुड्छ, पानीजहाज चल्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चल्ने र रेल गुड्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्वीजरल्न्ड, मंगोलीया जस्ता भुपरिवेष्ठित देश वाटर केन्टिभिटिमा जोडिएको बताउँदै यहाँ पनि पानीजहाज चल्ने बताए। उनले रेल र पानीजहाजको विषय मजाक नभएको प्रष्ट पारे।

राजविराज विमानस्थलमा ५० वर्षपछि उडान, ७२ यात्रु क्षमताको जहाज अवतरण

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।

इरानले २० अर्ब डलरमा सय जहाज किन्ने घोषणा

इरानले केही वर्षदेखि एकैपटक सय थान ठूला जहाज खरिद गर्न खोजे पनि अमेरिका र युरोपबाट सकारात्मक जवाफ पाउन सकेको छैन । अमेरिकाले त उसलाई जहाज नबेच्ने घोषणा नै गरिसकेको छ ।

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

नेकपा एमालेका उपमहासचिव तथा राजनीतिक चिन्तक घनश्याम भुसालले समृद्धिका कुरा गर्दा धरातल बिर्सन नहुने कुरामा जोड दिएका छन्। कार्लमाक्सको जन्म द्विशताब्दी समारोहका अवसरमा आयोजित ‘आजको माक्सवादः लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भुसालले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पार्न नहुने बताए। भ्रम छरेर राष्ट्रलाई बचाउन नसकिने दाबी गर्दै भुसालले भने ‘भ्रमले राष्ट्र बचाउँदैन, राष्ट्र बचाउन जनतालाई शिक्षित गराउनुपर्छ,।’

जनकपुर जहाज

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी यसपटक जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । हाम्रोमा सामान्य कूटनीतिक चलन के हो त भन्दा कुनै पनि विदेशी सरकार प्रमुख अथवा राष्ट्र प्रमुख नेपालको भ्रमणमा आउँदा सुरुमा आउने त राजधानी काठमाडौं नै हो ।

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमतायुक्त अर्को एक जहाज ल्याउने घोषणा गरेको छ।

घाँसे मैदानबाट यसरी हटाइयो मालिन्दो एयरको जहाज (भिडियो)

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाजलाई १२ घण्टापछि हटाइयो। जहाजलाई पूर्वतर्फको पार्किङमा राखिएको छ। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महलेसियाको लागि उडान भर्न लागेको जहाज घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्