११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो।

एपीएफकी वृन्द्रालाई महिला म्याराथनमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान पोखरा रंगशालामा भएको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा एपीएफकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्।

नवौँ राष्ट्रिय खेलकुद: आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ।

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्।

नवौं राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन्।

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

नवौँ राष्ट्रिय खेलकुदः एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा

पोखराको लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपर्‍यो।

राष्ट्रिय महिला भलिबल: दुई विभागीय, गण्डकी र बागमती प्रदेश सेमीफाइनलमा प्रवेश

पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

नवौँ राष्ट्रिय खेलकुद: भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण

टीकामायाले ‘स्न्याच’ विधमा ६० र ‘क्लिन एण्ड जर्क’मा ८० गरी कुल एक सय ४० केजी भारबहन गर्दै स्वर्ण जित्न सफल हुनुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

एथ्लेटिक्समा पाँच स्वर्ण पदक निर्णय

पोखरा रङ्गशालामा भएको महिला एक सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारूले स्वर्ण पदक प्राप्त गरिन्।

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।

महिला भलिबलः बागमती र सशस्त्र प्रहरी सेमिफाईनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

माछापुच्छे् र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'

महिला क्रिकेटः सशस्त्र प्रहरी फाईनलमा

ज्योति पाण्डेको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्