५ मंसिर २०८१ बुधबार
image/svg+xml

पुलबाट खसेको अवस्थामा पुरुषको शव फेला

उमजन–१ मा पर्ने तियर खोलामा मंगलबार बिहान एक शव फेला परेको छ। शवको पहिचान खुलेको छैन। करिव ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। खोलामा खसेका उनको चिसोका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

कोटेश्वरको झेलुङ्गे पुलमुनि महिलाको शव भेटियो

कोटेश्वरस्थित झोलुङ्गे पुलमुनि एक महिलाको मृत शव फेला परेका छन्। प्रहरीले मृतक व्यक्ति सोही क्षेत्रमा माग्दै हिँड्ने ४० वर्षीया भएको जनाएको छ।

छुट्टा छुट्टै स्थानमा दुई शव भेटिए

भक्तपुरमा एकैदिन दुई शव भेटिएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार विहान र बेलुका गरी एकैदिन दुई छुटाछुटै स्थानमा दुई शव फेला परेको मंगलबार जनाएको छ।

हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना अघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाकालागि नेपाली दूताबासलाई निर्देशन दिएका छन्।

बोरामा पोको पारिएको अवस्थामा महिलाको शव भेटियो

भक्तपुरको बोडेमा शनिबार दिउँसो बोराभित्र महिलाको शव भेटिएको छ। मध्यपुर थिमी नगरपालिका २ बोडेमा पहिचान खुल्न नसकेको अवस्थामा बोराभित्र महिलाको शव भेटिएको महानगरीय प्रहरी बृत थिमी भक्तपुरका प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए।

पाँच बेवारिसे शव संकलन गरी दाहसंस्कार

एक्सन फर सोसेल चेन्ज नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेबारिसे शव संकलन गरी शुक्रबार सामुहिक दाह संस्कार गरेको छ।

जापानमा नेपालीको शव अलपत्र, परिवारद्वारा शव होइन पैसा पठाउन आग्रह

जापानमा मृत्यु भएका एक नेपालीको शव परिवारले नेपाल लैजान असहयोग गरेपछि अस्पतालमै अलपत्र परेको छ। एक महिनाअघि टोकियोमा मृत्यु भएका रोल्पा मिरुल-३ का शिवराज रोकामगरको शव अलपत्र परेको हो।

महिना बित्दा पनि आइपुगेन शव

मिरुल–३ सिभरीका शिवराज रोकामगरको असोज २ गते जापानमा मृत्यु भयो । यहाँका आफन्तलाई मृत्युको खबर विश्वास गर्नै गाह्रो भयो । तर, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि पत्याउन करै लाग्यो । अनि सुरु भयो शव आउने प्रतीक्षा, तर एक महिनाभन्दा बढी भइसक्दा पनि शव आइपुगेको छैन ।

एउटै छातामुनि संगठित भए कुशवाहा समाज

आन्तरिक किचलोको कारण विभिन्न छ वटा गुटमा विभाजित कुशवाहा समुदायको जातीय संगठनले एकताको महाधिवेशन गरी एकजुट भएका छन्। आइतबार धनुषाको ढल्केवरमा सम्पन्न तीन दिवसीय महाधिवेशनले तपेश्वर महतोको अध्यक्षतामा ५१ सदस्यीय नेपाल कुशवाहा कल्याण समाज गठन भएको छ।

डुंगा दुर्घटनाः ८ शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

यात्रु बोकेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा मृत्यु हुनेकाे ८ पुगेकाे छ। प्रहरीका अनुसार शुक्रबार रातिसम्म ४ मृतकको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

डुंगा दुर्घटनाः ५ शव फेला, ४ को सनाखत [अपडेट]

इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा मृत्यु भएका ५ मध्ये ४ जनाको नाम खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको छ ।

गोठभित्र बेवारिसे शव फेला

कोहलपुर–३ मैटहामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय कृष्णकृपाल थारुको गोठमा शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनको गोठमा रहेको फलामको खाटमाथि शव फेला परेको हो।

पूर्व गृहमन्त्री घिमिरेका भाइकाे शव भेटियो

यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता भएका उनका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो ।

७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थ्रिजी सेवा ९ वर्षपछि देशव्यापी रुपमा विस्तार गरिएको छ । २०६४ सालमा सुरु गरिएको थ्रिजी सेवा डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सञ्चालन गरेसँगै जिएसएम प्रविधिको थ्रिजी सेवा ७५ वटै जिल्लामा पुगेको हो ।

सहकर्मीको हत्या गरी गाडेको अवस्थामा शव फेला

आफ्नै सहकर्मीको हत्या गरी जंगल नजिककैको स्थानमा गाडेको अवस्थामा नौवस्तामा एक युवकको शव फेला परेको छ। असोज १७ गते गाउँकोे विवाहमा भएको सामान्य विवादपछि नौवस्ता–७ सुतैयाका १७ वर्षीय सुवास शाहीको हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्