४ मंसिर २०८१ मंगलबार
image/svg+xml

बाहुनीडाँडाको पुछारमा बेवारिसे शव

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुधकोसी किनारमा बेवारिसे शव फेला परेको छ। बाहुनीडाँडाको लुलीको पुछारमा पर्ने सान्नेदोभानमा पुरुषको बेवारिसे शव फेला परेको हो। नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

विभत्स अवस्थामा भेटियो महिलाको शव

मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा एक महिलाको शव भेटिएको छ। वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्ने २९ वर्षीया रुपा बस्नेतको शव शनिबार घर अगाडिको बाटोमा विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस्नेतको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

केशवले ल्याए ‘माया रानी’

खोटाङका गायक केशव राईको ‘माया रानी’ बोलको नयाँ गीत बजारमा आएको छ। विभिन्न राई भाषामध्ये पहिलोपटक थुलुङ भाषाको गीत रेकर्ड गराएका केशवले गायक तथा संगीतकार जिबीहाङ राईको शब्द तथा संगीत रहेको ‘माया रानी’ गीत सार्वजनिक गरेका हुन्।

कर्णाली नदीमा बेपत्ता भएका युवाको शव भेटियो

नयाँ वर्षको दिन कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। गत १ गते कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाटमा पौडी खेल्ने क्रममा बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षिय प्रज्वल कोईराला वेपत्ता भएका थिए।

परराष्ट्रसचिव स्तरीय बैठक जारी, दुई देशका सचिवसहितका अधिकारी सहभागी

भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आएर परराष्ट्रसचिव स्तरीय बैठकमा जुटेका छन्। विदेश सचिव गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आएर आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न लागेका हुन्।

‘बक्स अफिसबाट कसैलाई घाटा गराउँदिन’

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले सोमबार पदबहाली गरेका छन्। बोर्डको कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराईले पत्रकार तथा सञ्चारकर्मीमाझ आफ्ना केही महत्वकांक्षी योजनाहरू रहेकाले त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान जाने बताए।

आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति, प्रतियोगिता चैत २७ बाट

छलफलका क्रममा सदस्यसचिव विष्टले चैत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने बताए। प्रतियोगिता वैशाख ३ गतेसम्म चल्ने बताइएको छ।

कर्णालीमा विप्लवका गतिविधि नियन्त्रणमा छन् : डीआईजी शाह

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले कर्णाली प्रदेशमा विप्लव समूहका सबै क्रियाकलाप नियन्त्रणमा रहेको दाबी गरेका छन्।

रेल किन्न सरकारले छुट्यायो ८४ करोड, चलचित्र विकास बोर्डमा भट्टराई नियुक्त

सरकारले रेल खरिदका लागि बजेट छुट्याएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न ८४ करोड ६५ लाख बजेट छुट्याइएको हो। सञ्चारमन्त्री गोकुल बास्कोटाले रेल किन्न प्रारम्भिक बजेट विनियोजन गरिएको बताए।

पुरुषको शव फेला

बझाङको जय पृथ्वी नगरपालिका १० पुरानो राष्ट्रिय वाणिज्य बैंक पछाडि एक पुरुषको शव फेला परेको छ। सुमा गाउँपालीका १ मा स्थायी घर भएका करिब ३३ वर्षीय हर्के बोहोराको शव फेला परेको हो।

शवको दुर्गन्धले हैरानी

जोरपाटीस्थित जम्बु डाँडामा शव जलाएको धुवाँ फैलिँदा आसपासका स्थानीय हैरान छन् । शवको जलाएको धुवा मुल्सोझै टोलमा फैलिएको उनीहरू बताउँछन् ।

ऋतिक रोशन काण्डले राजनीतिमा

२०५७ पुस ११ मा केशव झा कलेजको कोठामा अध्ययन गरिरहेका हुन्छन्। सप्तरीको तिलाठीबाट काठमाडौं आउनु उनको एक मात्र उद्देश्य अध्ययन थियो। बिएससीमा राम्रोसँग अध्ययन गर्नु र त्यसपछि एमएससी पढ्न अमेरिका जाने योजना बनाइरहेकाले उनका लागि त्यत्तिबेला पढाइ महत्वपूर्ण हुनु स्वाभाविक हो।

मन्त्री अधिकारीको शवयात्रा सुरु

मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको छ। मन्त्री अधिकारीको पार्थिव शरीर अहिले केहीबेरमा रामघाटमा अन्त्यष्टि गरिँदैछ।

मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा (भिडियाे/फाेटाे)

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको शवलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन्। प्रधानमन्त्री ओलीले अन्य मृतकहरूको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्