जोरपाटीस्थित जम्बु डाँडामा शव जलाएको धुवाँ फैलिँदा आसपासका स्थानीय हैरान छन् । शवको जलाएको धुवा मुल्सोझै टोलमा फैलिएको उनीहरू बताउँछन् । ‘दैनिकजसो डाँडामा शव जलाइएको हुन्छ । शवको धुवाँ सृजना टोल ठाउँमा फैलिन्छ,’ स्थानीय जयप्रसाद करोडियले भने, ‘दुर्गन्धले बस्न र खानाखानै सकिदैन । यसले स्वास्थ्यमा समेत असर पुर्याउँछ भन्ने चिन्ता थपिएको उनले बताए । उनका अनुसार जम्बु डाँडा र कृष्ण मन्दिरको डाँडाको उचाई बराबरी छ । त्यसैले टोलमाभन्दा उक्त मन्दिरमा बढी शव जलाएको दुर्गन्ध फैलिन्छ ।
शवको दुर्गन्धले कृष्ण मन्दिरको पुजारी र दर्शनमा जाने भक्तजनलाई समेत समस्या परेको उनले बताए । ‘शव जलाउँदा धुवाँमाथि सिधै फाल्ने खालको फलामको पाइप राख्नुपथ्र्यो,’ उनले भने, ‘तर, त्यो नराखी अव्यवस्थित तरिकाले शव जलाउने गर्छन् ।’ शव जलाएको धुवाँ सिधै आकाशमा फाल्ने गरी पाइप राखी व्यवस्थित ढंगले शव जलाउँदै आएको जम्बुगाङ संरक्षण तथा धुर्सा निर्माण समितिका संरक्षक बताउँछन् ।
समितिका अनुसार उक्त ठाउँमा तामाङ, गुरुङ, शेर्पा र टिबिटेनको शव जलाउने गरिन्छ । सन् १९६८ बाट त्यहाँ शव जलाउँदै आएका छन् ।
प्रकाशित: २४ फाल्गुन २०७५ ०४:५४ शुक्रबार