४ मंसिर २०८१ मंगलबार
image/svg+xml

हेलिकप्टर दुर्घटना : दुई जनाको शव सनाखत, श्रद्धाञ्जलीको लागि टुँडिखेलमा शुक्रबार ८ बजे राखिने

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ। मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो। अन्यको शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।

हेलिकोप्टर दुर्घटना (अपडेट) : मौसममा सुधार आएपछि शव काठमाडौं ल्याइने तयारी

मौसममा सुधार आएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको सव हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।

हेलिकोप्टर दुर्घटना (अपडेट) : पानी र हिमपातले शव काठमाडौं ल्याउन समस्या

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार ल्याइपुर्याएको केहि समयपछि नै पानी र हिमपातसँगै कालो बादलले आकास ढाकेपछि शव पठाउँन समस्या भएको हो।

हेलिकप्टर दुर्घटना अपडेटः शवहरु भोलिमात्रै काठमाडौं पठाइने

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव बिहीबार बिहान काठमाडौं पठाइने भएको छ। बुधवार साँझ सवा ७ बजेसम्म ४ वटा शव मात्र सुकेटार विमानस्थलसम्म ल्याइएको र बाँकी ३ वटा शवको संकलन कार्य जारी रहेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका २ जनाकाे शव सुकेटार एयरपाेर्ट ल्याइयाे

ताप्लेजुङको पाथीभरा मन्दिर नजिक भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव मध्ये २ जनाको शव सुकेटार एयरपाेर्ट ल्याइएको छ।

हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाईने भएको छ।

हेलिकप्टर दुर्घटना अपडेट: सातै जनाको शव भेटियो, काठमाडौं ल्याउने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिएको जानकारी अनुसार घटनास्थलमा ७ वटै शव फेला परेको छ।

हनुमन्ते खोलामा बालिकाको शव फेला

भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा शनिबार एक बालिकाको शव फेला परेको छ। सूर्यबिनायक नगरपालिका ५ राधेराधेस्थित हनुमन्ते खोला किनारामा नामथर वतन नखुलेकी अन्दाजी ८/१० वर्ष जस्तो देखिने बालिकाको शव सडेकाे अवस्थामा अनुहार समेत पहिचान गर्न नसकिने अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन्। राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार सदस्य सचिव विष्टले उक्त कुरा बताएका हुन्।

प्रदेशस्तरीय छनोट मिति बुधबार तय हुने

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोटको मिति बिहीबार तय हुने भएको छ। बिहीबार हुने आठौं राष्ट्रिय खेलकुदको कार्यसमिति बैठकले सातै प्रदेशको छनोट मिति र स्थान तय गर्न लागेको हो। सोही बैठकले पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड समक्ष सिफारिस गर्नेछ।

मृत्यु संस्कार गर्न समस्या

किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ ।

पशुपतिमा २५ शव अटाउने फ्रिज

श्रीपाली बस्न्यात समाजले पशुपति विद्युुत् शवदाह गृहमा २५ शव राख्ने मिल्ने फ्रिज (चिस्यान कक्ष) राखेको छ। टाढा बस्ने मृतकको परिवारलाई ध्यानमा राख्दै फ्रिज राखिएको हो।

नहरमा युवाको शव भेटियो

रोल्पा सदरमुकाम नजिक एक युवा मृत अवस्थामा भेटिएका छन्। रोल्पा नगरपालिका ७ माडिचौर परेमा खोला सिँचाई आयोजनाको नहरमा युवकको शव भेटिएको हो। प्रहरीका अनुसार अन्दाजी १७/ १८ वर्षको जस्तो देखिने व्यक्तिको शव शनिबार बिहान भेटिएको थियो। स्थानीयले शव देखेपछी प्रहरीलाई खवर गरेका थिए।

प्रहरीबाट बच्न खोलामा हाम फालेका तामाङको शव फेला

रसुवाको उत्तरगया गाउँपालिका २ का १९ वर्षीय मैते तामाङको शव फेला परेको छ। जलविद्युत आयोजनाको सामग्री चोरेको आरोपमा पक्राउ परेका तामाङ जिल्ला प्रहरी कार्यालय नुवाकोट लैजाने क्रममा नदीमा हाम फालेर बेपत्ता भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्