९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारत पुर्‍याइएका १६ बालकको उद्धार

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन्।

भारतको सिकन्दराबादको होटलमा आगलागी, ८ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन्। ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन्।

भारतमा एक दिनमा ६ हजार भन्दा बढी कोरोना संक्रमित

हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय संक्रमित छन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ। बुधबार ६ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ।

नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ

श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।

भुम्लुका सात गाउँमा रेबिजको त्रास, २८९ जनालाई खोप

'मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ', उनले भने। गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन्।

भारतीय सेनाध्यक्ष पाण्डेले आज प्रधानमन्त्री देउवासँग भेट्दै

पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन्।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ।

भारतीय स्थल सेनाध्यक्ष पाँडे नेपालमा (फोटोफिचर)

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष पाँडे ५ दिने नेपाल भ्रमणमा आएका हुन्। पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आइतबार अपरान्ह उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका सेनाध्यक्ष पाँडेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले विमानस्थलको भि.आई.पी कक्षमा स्वागत गरेका थिए।

भारतीय स्थल सेनाध्यक्ष जनरल पांडे आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका हुन्।

दुवैलाई उत्तिकै दबाब

पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले एसिया कपमा चिर परिचित प्रतिद्वन्द्वी भारतसँग आइतबारको दोस्रो प्रतिस्पर्धामा आफ्नो टोलीले धैर्य र साहसका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?

नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’

मधेसमा तस्करीको डरलाग्दो रुपः रोक्न खोज्दा मदिरा तस्करले किचेर मारे भारतीय सशस्त्र प्रहरी

भारतीय शसस्त्र सीमा बलका हेड कन्सटेबललाई किचेर मार्नेसम्मको आट भएका मदिरा तस्करका खिलाफ हामी बोल्ने हिम्मत गर्न सक्छौं एक जेष्ठ नागरिकले भने, ‘यताका सशस्त्र र नेपाली प्रहरी सबै मिलेर यो धन्दा चलिरहेको छ। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै

भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्