१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतीय सेनाध्यक्ष पाण्डेले आज प्रधानमन्त्री देउवासँग भेट्दै

पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन्।  

अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने भएका हुन्। पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ।  

उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ। त्यस्तै आज साँझ उनी  पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ।

प्रकाशित: २१ भाद्र २०७९ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App