३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद्को गरिमा खस्कँदै गयो, मर्यादाहीन बन्यो: पूर्व सभामुख सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संसद्मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहिन, मर्यादाहीन भएको उनको भनाइ थियो। ‘संसद् कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भएपनि संसद्मा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन सकेन।’ उनले भने।

अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताउँदै उनले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकटोक विनै संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको सुनाए।

उनले भने ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ। मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठूलो समस्या छैन। तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ। अहिले पनि छलफल जारी छ। भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ। सकारात्मक वातावरण बनिरहेको भनिएको छ। कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ।’

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताउँदै विचारहीनको स्थिति सिर्जना भएको टिप्पणी गरे।

प्रकाशित: १२ जेष्ठ २०८१ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App