६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ।

राष्ट्रपति भवन शीतलनिवासमा जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने छिन्।

उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन्।  जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पाँच दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आएका थिए।

प्रकाशित: २० भाद्र २०७९ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App