coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एक दिनमा ६ हजार भन्दा बढी कोरोना संक्रमित

भारतमा एकै दिनमा ६ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन्। बिहीबार मध्यरातसम्मको विवरणअनुसार ६ हजार ९३ जना कोरोना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

योसँगै भारतमा चार करोड ४४ लाख ८४ हजार सात सय २९ जना कोरोनाबाट संक्रमित भएका छन्। हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय संक्रमित छन्। नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या बढेको छ। बुधबार ६ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको संख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ।

बिहीबार कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा पाँच लाख २८ हजार  एक सय २१ जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो। त्यसयता दुई अर्ब १४ करोड ५५ लाख भन्दा बढी मात्रा खोप लगाइसकिएको छ। त्यसैगरी ८८ करोड ८० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ। 

प्रकाशित: २४ भाद्र २०७९ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App