२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

निगमको न्यारोबडी कतारमा ग्राउन्डेड

नियमित उडानका क्रममा पुस १३ गते दोहा पुगेको उक्त जहाज सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको निगमलेले जनाएको छ। दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या पहिचान गरेपछि जहाजको मर्मत गर्न समय र खर्च लाग्ने देखिएको छ।

विराटनगरबाट अवतरण हुन नसकि फर्किएको बुद्ध एयरको विमान काठमाडौंमा अवतरण

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो। तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो।

बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

वैशाखदेखि इलामबाटै उडान–अवतरण

निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ। मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ।

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ।

सिल्कको जहाज बिना अनुमति अवतरण

सिंगापुर एयरलाइन्सको भगिनी संस्था सिल्क एयरको ४१६ डेल्टा बोइङ ७३७–८ जहाज बिनाअनुमति शनिबार राति सिंगापुरबाट नेपाल प्रवेश गरेको छ।

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

कजाकस्तान– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन्।

निकुन्ज क्षेत्रमा जथाभावी हेलिकप्टर अवतरणले प्राकृतिक वन सम्पदा संकटमा

कुनै पनि निकुन्ज वन क्षेत्रमा उडान भर्न र अवतरण गर्न सम्बन्धित हेलिकप्टरले निकुन्जबाट पूर्व स्वीकृती लिनुपर्ने हुन्छ। तर डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा निकुन्जको स्वीकृति र चेकजाँच बिनानै हेलिकप्टरहरुले आफुखुसी उडान भर्ने र अवतरण गर्ने गरेको पाइएको छ।

तीनवटा हेलिकोप्टरको आकस्मिक अवतरण

संखुवासभाबाट काठमाडौंका लागि उडेका तीनवटा हेलिकोप्टरलाई खोटाङमा आकस्मिक अवतरण गरिएको छ। संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटार, जगेनटारमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब पौने चार बजे अवतरण गरेको हेलिकोप्टर आधा घण्टा ल्यान्ड गरेपछि पुनः उडेको स्थानीय पुण्य रेग्मीले बताए।

लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।

हेलिकप्टर आकस्मिक अवतरण

सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ।

रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि...

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ।

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्