२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वडाध्यक्ष ६० हजार धरौटीमा छुटे

चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन् । वडा नम्बर ७ का वडाध्यक्षलाई कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

वडाध्यक्ष लुइँटेल ६० हजार धरौटीमा छुटे

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन्। वडा नम्बर ७ का अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार धलौटी बुझाएर रिहा भएका हुन्।

'बर्थिङ्ग सेन्टर'को सोलार वडाध्यक्षको घरमा

स्वास्थ्य चौकीको २ सय वाटको सोलार अध्यक्ष राईले करिब तीन महिनाअघि घरमा लगेर प्रयोग गरेको स्वास्थ्य चौकी श्रोतले जनाएको छ।

वडाध्यक्षहरुकाे सिडिओ र आयोजना प्रमुखलाई गुनासाेः मुख्य सडकमै एम्बुलेन्स गुड्न नसक्ने भो

ठेक्का लिएको लामो समय कालोपत्रे पुरा नभएपछि गोरखा सदरमुकामदेखि फिनामसम्मको करिब सात किलोमिटर सडक अहिले हिलाम्मे छ।  ठुला खाल्डा र वर्षातको पानीका कारण सडक बगेपछि एम्बुलेन्स जान मुस्किल छ।

वडाध्यक्ष पक्राउ

थापाले गाउँपालिकामा काम गरिरहेको समयमा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइँटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते थापाले लुइँटेलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

मापसे गरेर कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगामा अर्का वडाका वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा चम्पादेवी गाउँपालिका –८ का वडाध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। लुइँटेल आइबार साँझ पक्राउ परेका हुन्।

वडाध्यक्षले आत्मसमर्पण गरेलगत्तै जेल चलान

अदालतबाट दोषी करार भएर फरार सूचीमा रहेका एक वडाध्यक्षले आत्मसमर्पण गरेका छन्। दुइ दिन कैद र २७ हजार १ सय ६८ रुपैंया जरिवानाको फैसला भएकोमा फरार रहेका चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाशकुमार राउत बुधबार जिल्ला अदालत हाजीर भएर आत्मसमर्पण गरेका हुन्।

वडाध्यक्षमाथि डिएसपीको दुर्व्यवहार

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुव्र्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रूपक चौलागाईंको हत्याको अनुसन्धान ढिलो गरेको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारबाहीको चेतावनी दिएको जनाइएको छ ।

वडाध्यक्षको तलबभत्ता संघसंस्थालाई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लीलाकुमार चौहानले आफ्नो तलबभत्ताबापतको रकम आमासमूह तथा विभिन्न संघसंस्थालाई प्रदान गरेका छन् ।

कुटपिट आरोपमा वडाध्यक्षसहित चार पक्राउ

हुलहुज्जत गरेर स्थानीय युवालाई निर्घात कुटपिट गरेको आरोपमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्षसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडाध्यक्षसहित तीन जना घुस लिँदालिँदै पक्राउ

महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्षसहित तीन जना घुस लिँदा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष रफिक साफी, वडा सदस्य कारी साह र उनको छोरा मुकेश साहलाई घुससहित पक्राउ गरेका छन्। उनीहरुलाई आयोगको बर्दिबासमा रहेको टोलीले १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्।

पक्राउ परेका दुई वडाध्यक्षसहित ६ छुटे

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्काजाम गर्ने क्रममा पक्राउ परेका दुई वडाध्यक्षसहित ६ जना झन्डै आठ घण्टापछि छुटेका छन् ।

तस्करी आरोपमा वडाध्यक्षमाथि कुटपिट

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावत न्याय माग्न सदरमुकाम खलंगामा झरेका छन्। लुम गाउँका स्थानीयले अवैध जडीबुटी सेतक चिनी चोरी निकासीमा संलग्न रहेको आरोपमा कुटपिट गरेपछि उनी न्याय माग्न खलंगामा झरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्