१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वडाध्यक्षको तलबभत्ता संघसंस्थालाई

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लीलाकुमार चौहानले आफ्नो तलबभत्ताबापतको रकम आमासमूह तथा विभिन्न संघसंस्थालाई प्रदान गरेका छन् ।

वडाध्यक्ष चौहानले आर्थिक वर्ष २०७५/७६ मा तलबभत्तास्वरूप एक लाख २० हजार रकममा एक लाख १० हजार थप गरी ती संस्थालाई प्रदान गरेका हुन् । सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा चौहानले स्थानीय १३ वटा आमासमूहलाई प्रतिसमूह १० हजार, उत्कृष्ट टोल विकास समितिलाई १० हजार, नेवा पुँच खललाई ५० हजार, उनले अभिभावकत्व ग्रहण गरेका छात्र नीरकुमार खत्रीलाई १० हजार र धामीझाँक्रीको काम गर्दै आएका स्थानीयलाई तीन हजार प्रदान गरेका छन् । यस्तै लोपोन्मुख अवस्थामा पुगेको सँगिनी नृत्य टोलीलाई साडी खरिदका लागि १७ हजार सहयोग गरेको वडाध्यक्ष चौहानले बताए ।

प्रकाशित: ११ भाद्र २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App