१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नवलपुरमा दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका ९ खिलाटोलको भित्री सडकमा श्रीनगरबाट खिलाटोल तर्फ जाँदै गरेको प्रदेश २ –०२– ००३ प ३४९४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु

सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चौकस्थित मलंगवा नवलपुर सडक खन्डमा मलगवाबाट नवलपुरतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो।

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछापको खाँडादेवी गाउँपालिका-३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

कञ्चनपुरमा सवारीसाधन दुर्घटना बढ्दै

गत साता मात्रै दुर्घटनामा परी ६ जना घाइते भएका छन्। गत सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी ब्यारेक नजिकै भैँसीसँग अटोरिक्सा ठोक्किँदा शुक्लाफाँटा–७ का ४० वर्षीय पुना खत्री, अटोरिक्सामा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भए।

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

बिहीबार राति साढे ७ बजे त्रियुगा नगरपालिका ३ मोतिगडा मिलनचोकमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका १२ बुद्धचोककी ४५ वर्षीया तुलसा श्रेष्ठको ज्यान गएको हो।

बस दुर्घटनामा अपडेट: १५ को सनाखत, एक जनाको हुन बाँकी

जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ। हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो।

बारा बस दुर्घटना: मृतक १६ मध्ये नौ जनाको सनाखत (अपडेट)

बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो।

बारा बस दुर्घटना: मृत्यु हुनेको संख्या १६ पुग्यो (अपडेट)

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।

बाराको अमलेखगञ्जमा बस दुर्घटना, ८ जनाको मृत्यु

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो। विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ।

चाडपर्वमा दुर्घटनाकै पिरलो

मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ। हिन्दु धर्मावलम्बी बाहुल्य नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्