१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

मोटरसाइकल दुर्घटनामा सर्लाहीमा एक किशोरको मृत्यु भएको छ। बुबाले चलाइरहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा छोराको मृत्यु भएको हो।

सर्लाहीको हरिपुर्वा नगरपालिका ९ खिलाटोलको भित्री सडकमा श्रीनगरबाट खिलाटोल तर्फ जाँदै गरेको प्रदेश २ –०२– ००३ प ३४९४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय बेचन राय यादवको टाउको, हात र खुट्टामा चोट लागेको छ भने यादवकै १४ वर्षका छोरा रितेश राय यादवको टाउको र ढाडमा चोट लागेको थियो।

दुवै जनालाई उपचारको लागि विराटनगर न्युरोमा पठाइएकोमा १४ रितेश राय यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिएका छन्।

प्रकाशित: २५ आश्विन २०७९ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App