मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा
घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने आशावादी रहेको जनाएको छ । महासंघले केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिएको छ।
घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने आशावादी रहेको जनाएको छ । महासंघले केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासलाई तीव्रता दिन ‘मुलुक निर्माण दशक’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाका अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ । मुलुकको अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षको तुलनामा पहिलोपटक घटेको छ । सरकारको चालू खाता घाटा पुससम्ममा ७५ अर्ब ७१ करोड पुगेको छ । अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा छ । राष्ट्र बैंकका अनुसार अर्कोतिर व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक देखिँदैन । अर्थतन्त्रका समग्र परिसूचकहरुले मुलुकको अर्थतन्त्रलाई एउटा बिरामी जस्तो देखाएका छन्।
मुलुकको वार्षिक बजेट कम पारदर्शी र सीमित सूचनामात्र समावेश गरेको एक अध्ययनले देखाएको छ । एक सय १५ देश सहभागी ‘खुला बजेट सूचकांक २०१७’ मा नेपाल ४३ औं स्थानमा छ।
राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एउटा निर्णयले मुलुकलाई चालू आर्थिक वर्षमा एक खर्ब रुपैयाँ आर्थिक भार थपिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितलाई एक लाख रुपैयाँका दरले थप अनुदान दिने, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने, मृगौला, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता दिनेजस्ता निर्णय गरेको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ। उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। उनका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ।
वीरगन्ज महानगरपालिकाको प्रथम नगरसभा आइतबार नगरसभागृहमा सुरु भएको छ । महानगरका प्रमुख विजय सरावगीको अध्यक्षतामा सुरु भएको प्रथम नगरसभाको उद्घाटन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले गरे।
वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभा आइतबार नगरसभा गृहमा सुरु भएको छ। नयाँ संबिधानमा स्थानीय तहले स्थानीय सरकारको हैसियत पाए अनुसार त्यसको ब्यवस्थापिकाको भुमिका गर्ने नगर सभाको उद्घाटन आइतवार गरिएको हो।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन्।
विना विभागीयमन्त्री गिरीराजमणि पोखरेलले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनपछि मुलुकले समृद्धिको बाटो तय गर्ने बताएका छन्। मंगलबारदेखि सुरु उदयपुरको कटारी नगरपालिका १ स्थित मावि कालीखोलाको ४० औं वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री पाखेरेलले माघ २४ पछि देश आर्थिक समृद्धितर्फ उन्मुख हुने बताए।
अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ ।
चालु आर्थिक वर्षको सुरुदेखि नै उत्साहप्रद नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार महिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताए।
फ्रान्सेली राष्ट्रपति इम्मानुयल माकरोनले जलवायु परिवर्तनप्रतिको अमेरिकी दृष्टिकोणलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स् जलवायु परिवर्तनको मुद्दामा पछाडी हटेपछि माकरोनले युरोपेली मुलुकहरु अमेरिकालाई प्रतिस्थापन गर्न तयार रेको उनले बताए ।