९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा

काठमाडौं – घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने आशावादी रहेको जनाएको छ । महासंघले केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिएको छ।

मुलुकभरका तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठनको रुपमा रहेको महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन सबै राजनीतिक दललाई आग्रह गरेको छ । घोषणपत्रका प्रतिबद्धता अनुरुप नयाँ सरकार र सबै राजनैतिक दल मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिवद्ध रहन आग्रह गरेको छ।

नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात गर्दै आर्थिक समृद्धिको एजेन्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भने, ‘मुलुककोे आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रवद्र्धन गरिनुपर्छ।’

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App