१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मुलुकको बजेट पारदर्शिता कम

काठमाडौं – मुलुकको वार्षिक बजेट कम पारदर्शी र सीमित सूचनामात्र समावेश गरेको एक अध्ययनले देखाएको छ । एक सय १५ देश सहभागी ‘खुला बजेट सूचकांक २०१७’ मा नेपाल ४३ औं स्थानमा छ।

इन्टरनेसनल बजेट पार्टनरसिप (आइबिपी)ले गरेको अध्ययन अनुसार नेपाल सयमा ५२ अंक प्राप्त गर्दै बजेट निर्माणमा पारदर्शिता कम र सीमित सूचना समावेश गरेको देखाएको हो ।  आइबिपीका अनुसार ६० अंक प्राप्त गर्ने देशले आफ्नो देशको बजेटमा पर्याप्त पारदर्शिता कायम गरेको र जनतालाई आवश्यक सूचना समावेश गरेको बुझिन्।

विश्वस्तरको तुलना गर्दा नेपालको बजेट प्रणाली मध्यमस्तरको छ । बजेट पारदर्शितामा विश्वव्यापी औसत अंक ४२ छ । ओपन बजेट इन्डेक्स २०१७ अनुसार नेपालले बजेट निर्माण प्रणालीमा सर्वसाधारणको सहभागितामा २४ अंक मात्र प्राप्त गरेको छ । यसले मुलुकमा बजेट निर्माणको क्रममा सर्वसाधारणको सहभागिता कम रहेको देखाउँछ।

त्यसैगरी, बजेट निरीक्षण (बजेट ओभरसाइट) मा पनि नेपालको प्रस्तुति सन्तोषजनक छैन । यस शीर्षक अन्र्तगत नेपालले सयमा ४४ अंक मात्र प्राप्त गरेको छ । यसले मुलुकमा व्यपस्थापिका र बजेट अडिट गर्ने सर्वोच्च निकायले सीमित निरीक्षण मात्र गरेका छन् भन्ने बुझाउँछ।

नेपालको बजेट पारदर्शिता सन्तोषजनक नभए पनि दक्षिण एसियाली मुलुकमा भने सबैभन्दा अगाडि रहेको छ । नेपाल बजेटको पारदर्शिता, जनताको सहभागिता र निरीक्षण सबै अंकमा दक्षिण एसियाली मुलुकमा अगाडि छ । ४९ अंक ल्याउँदै अफगानिस्तान ५२औं स्थानमा छ । एक अंक मात्र कम ल्याएर भारत अफगानिस्तान पछाडि रहेको छ । ४४ अंक प्राप्त गर्दै श्रीलंका ६०औं र पाकिस्तान ६१औं स्थान छ । ४१ अंक ल्याएको बंगलादेश ६६औं स्थानमा छ।

प्रकाशित: २१ माघ २०७४ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App