१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन्। इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन्।”

‘भाषा, धर्म र संस्कृतिबारे लेखनले मुलुकलाई जोड्छ’

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारी समाज बुझ्नका लागि पनि विविध विषयमा अध्ययन गर्छिन् । आयोगको कामबाट फुर्सद मिल्नेबित्तिकै उनी समसामयिक विषयमा लेखिएका पुस्तकमा घोत्लिन पुग्छिन् । अन्सारीको अध्ययन एउटै विषयमा मात्र केन्द्रित छैन ।

मुलुकको भावी दिन जटिल

चालु आर्थिक वर्षका सुरु महिनाका आर्थिक तथ्यांकहरुले भाबी दिनमा मुलुकको आर्थिक अवस्था जटिलतातर्फ जाने संकेत गरेका छन् । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेका तथ्यांकले देशको अर्थव्यवस्था आगामी दिनमा त्यत्ति सहज नहुने संकेत गरेको हो ।  राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिनासम्ममा राजस्व लक्ष्य अनुसार उठेको छैन ।

साना मुलुकको संवेदनशीलता

आन्तरिक राजनीतिलाई अर्को मुलुकसँग जोड्दै जाँदा त्यसले ल्याउन सक्ने दुष्परिणाम भने भयानक हुन सक्छ । कुनै बेला स्वतन्त्र हिमाली अधिराज्य सिक्किम भारतमा गाभिनुपछाडि संविधानमा गरिएको संशोधन थियो भन्ने बुझ्नु आवश्यक छ ।

छोरो बचाउन बाबु खाडी मुलुक

जिल्लाको देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे मेघराज कोइराला उपचारमा आर्थिक अभावले शल्यक्रियामार्फत पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य छन् । परिवारले उपचारमा लाग्ने मोटो खर्च जुटाउन नसक्दा उनी जन्मेको १९ दिनदेखि अहिलेसम्म पेटको प्वालबाट दिसा गर्न बाध्य भएका हुन् ।

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

काँग्रेस–माओवादी सत्ता गठबन्धनद्वारा भएको प्रदेश नं. २ चुनाब स्थगित गर्ने निर्णयप्रति प्रमुख विपक्षी एमालेले कडा आपत्ति जनाएको छ। दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्दा मुलुकको राष्ट्रिय एकतालाई कमजोर हुने भन्दै एमालेले उक्त निर्णयले विखण्डनकारी तत्वहरुको मनोबल बढाएको ठहर गरेको छ।

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ।

६ मुलुकले तोडे कतारसँगको सम्बन्ध

मध्यपूर्वका ६ देशले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै खाडी क्षेत्रमा नयाँ संकट देखिएको छ। कतारले आतंकवादी र अतिवादी समूहलाई सहयोग गरेर खाडी क्षेत्रमा अस्थिरता उत्पन्न गराउन खोजेको भन्दै साउदी अबर, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, लिबिया र यमनले कूटनीतिक सम्बन्ध तोडेका घोषणा गरेका हुन्। सुरुमा साउदी र बहराइनले घोषणा गरेका थिए।

चुनावमा राष्ट्रपतिसहित चार मन्त्री मुलुकबाहिर

बीस वर्षपछि आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनका दिन राष्ट्रपतिसहित चार मन्त्री देशबाहिर हुने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार श्रीलंका भ्रमणमा निस्कँदैछिन्।

मुलुक निर्वाचनमय

लामो अन्योलका बीच आगामी वैशााख ३१ गते पहिलो चरणअन्तर्गत हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण तरिकाले सम्पन्न भएको छ।

नयाँ मुलुकी संहिता : कैदीलाई समाजसेवामा खटाउन प्रस्ताव

नयाँ मुलुकी संहिताले तीन वर्षभन्दा कम सजाय हुने मुद्दामा कैदीलाई जेलमा नराखी अन्य सार्वजनिक कार्य वा समाजसेवामा खटाएर सजाय कटाउने प्रस्ताव गरेको छ।  संसद्को विधायन समितिले सदनमा दर्ता गराएको मुलुकी ऐनको प्रतिस्थापनमा ल्याइएको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।

‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

जर्मन संसदकी उपसभामुख क्लाउडिया रुथले मजदुरलाई अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार व्यवहार नगर्ने खाडी राष्ट्रमा कामदार नपठाउन नेपाल सरकारलाई आग्रह गरेकी छिन् । खाडी राष्ट्रमा कार्यरत नेपाली कामदारको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले जर्मनी नेपाली कामदारको पक्षमा रहेको बताइन् ।

खाडी मुलुक घुम्न जान प्रतिबन्ध

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीका घटना श्रृङ्खलाबद्ध रुपमा सार्वजनिक भएपछि सरकारले 'ट्राभल हिष्ट्री' नभएकाहरुलाई खाडी मुलुक घुम्न जान प्रतिबन्ध लगाएको छ। यो व्यवस्थाअनुसार पहिलो विदेश भ्रमणको रुपमा खाडी मुलुक जान पाइने छैन।

मोर्चालाई अलग्याए मुलुक जातीय द्वन्द्वमा फस्छ : कोइराला

नेपाल कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहको निवार्चन गर्दा मुलुक जातीय द्वन्द्वमा फस्ने खतार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्