९ मंसिर २०८१ आइतबार
image/svg+xml

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दोस्रो मदन भण्डारी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

मेची नेत्रालय काँकडभिट्टालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै बुधबार त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

प्रदेश १ घुम्ने निम्तो बाँड्दै कोलकातामा

इलाममा आयोजना हुन लागेको ‘मेची क्षेत्र पर्यटन महोत्सव २०७५’को प्रचारका लागि विजयशेखर भट्टराई भारतको कोलकातामा व्यस्त छन्। पुस ५ देखि हुने महोत्सवको प्रचार सामग्रीसहित उनी जुटिरहेका छन्। महोत्सव र पहाडी जिल्ला घुम्न निम्तो दिँदै छन् उनी।

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’

पूर्वी नेपालको इलाममा पुस ५ गते देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ। महोत्सव आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने जनाएको छ।

बुटवलमा पुलमाथिबाट रेलमार्ग बनाउन सर्वे

पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्गले बुटवल बजार क्षेत्रमा कम भन्दा कम क्षति गराउने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सर्वे भइरहेको छ । रेल विभागले बुटवल लमही खण्डको विस्तृत आयोजना प्रतिवेदनका लागि अहिले सर्वे गरिरहेको हाे

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्।

मेची राजमार्गको चौडा बढाइँदै

इलामको सूर्याेदय नगरपालिकाले मेची राजमार्गको चौडा बढाउन थालेको छ। पर्यटकीय क्षेत्र कन्यामलाई लक्षित गरी नगरपालिकाले मेची राजमार्गको हर्कटेदेखि पाल्टाँगेसम्मको ८ किलोमिटर सडक चौडा गर्न थालेको हो।

स्कुल बनाउन विदेशी नागरिक मेची-महाकाली साइकल यात्रामा

विपन्न बस्तीमा ‘नमुना’ स्कुल बनाउने अभियान बोकेर दुई विदेशीसहित चार जनाले मेची–महाकाली साइकल यात्रा थालनी गरेका छन्।

मेचीबाट प्रतिनिधिसभामा एक्ली महिला पवित्रा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन्।  मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी हुन्। योसँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेका छन्।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।

मेचीका १५ दलले चुनाव चिह्न नपाउने

संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न दिने भएको छ।

एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरीसंगको झडपमा घाईते जमीलको मृत्यु

नेकपा एमालेको मेची-महाकाली अभियान अन्तर्गत चैत १ गते नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके जिल्ला बन्द गराउँदै हिडेका मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाईते एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्