९ मंसिर २०८१ आइतबार
image/svg+xml

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ।

मेची राजमार्ग अझै व्यक्तिको नाममा

तीसको दशकमा निर्माण प्रारम्भ भएको मेची राजमार्गले ओगटेको जग्गाको लगत कट्टा नहुँदा त्यसमा परेको जग्गाको धनीपुर्जा अझै व्यक्तिको नाममा छ। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म राजमार्गमा परेको जग्गा अझै पनि सरकारको नाममा आएको छैन।

पहाडमा साइकल अभियान

वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पर्यटन प्रवर्द्धन सघाउने उद्देश्यले युवाले साइकल यात्रा अभियान चलाएका छन्। काठमाडौं, झापा, इलामलगायतका ८० युवा मेची राजमार्गको पहाडी क्षेत्रमा साइकल चलाउँदै शनिबार इलाम सदरमुकाम आएका हुन्।

कहिले हट्छ छुवाछूत ?

जातीय छुवाछूतको अवस्था, परिर्वतनका बाधक तत्व एवं समाधानका उपाय खोजी गर्ने उद्देश्यसाथ हामी महाकाली–मेची पदयात्रामा छौँ। यस क्रममा हामीले जातीय विभेदलाई मलजल गर्ने अनेक पत्र, पात्र र प्रवृत्ति देख्यौँ। जातीय भेदभावको मुद्दा अन्तिम बिन्दुमा पु¥याउन ७९ वर्षदेखि जारी संघर्षले आंशिक परिर्वतन त ल्याएको देखियो तर सँगैसँगै विभेदका नयाँ स्वरूप पनि जन्मिँदै गएको पायौँ।

पौडी खेल्न प्रतिबन्धित पोखरीमा डुबेर किशोरको मृत्यु

झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाइँको मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

पुलिसलाई मेचीनगर गोल्डकप

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथबाट हराउँदै नेपाल पुलिस क्लबले मेचीनगर गोल्डकपको उपाधि जितेको छ।सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुसँग ठोक्किँदै जाली चुमेको थियो।

मेचीनगरमा विभागीय टोलीबीच उपाधि भिडन्त

चौथो मेचीनगर गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन्।

थ्री स्टारलाई रोक्दै आर्मी फाइनलमा

थ्री स्टार क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब बिहीबार मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

थ्री स्टार सेमिफाइनलमा

माइभ्याली क्लब इलामलाई १–० को झीनो अन्तरले पराजित गर्दै थ्री स्टार क्लब चौथो मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। थ्री स्टारले अब वैशाख १९ गते हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन क्लब काठमाडााैंको सामना गर्नेछ। जितका लागि थ्री स्टारका डिफेन्स अनन्त तामाङले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

धरान फुटबल क्लब विजयी

झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकप फुटबलमा शुक्रबार च्यासल युथलाई हराउँदै धरान फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निजगढ–हेटौंडा–भरतपुर खण्डमा अर्को डिपिआर

सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ। यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो।

मेची नेत्रालय सेमिफाइनलमा

विभागीय नेपाल पुलिस क्लब काठमाडौंलाई ४–० ले पराजित गर्दैै मेची नेत्रालय काँकडभिट्टा झापा फुटबल ट्रेनिङ सेन्टर तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

राप्रपाको मेची–महाकाली यात्रा चैत १ गते काठमाडौंमा समापन हुने

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको देशव्यापी मेची महाकाली यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने बताएको छ।

हिन्दू राष्ट्र, भ्रष्टाचार अन्त्य र रोजगारीका लागि राप्रपाको मेची–महाकाली यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ।

उद्घाटन खेल सडन डेथमा पनि बराबरी

२१ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको उद्घाटन खेल बराबरीमा रोकिएको छ। धरान १६ स्थित रंगशालामा आइतबार सिएमजी संकटा क्लब, काठमाडौं र मेची नेत्रालय केएफटिसी झापाबीच भएको उद्घाटन खेल निर्णय हुन नसकी बराबरीमा रोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्