५ आश्विन २०८१ शनिबार
image/svg+xml

ललितपुरमा सम्बन्ध बिच्छेदका घटना बढे

वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरूले परपुरुषसँग सम्बन्ध बनाएपछि पीडित पुरुषहरू सम्बन्ध बिच्छेदका लागि आउने गरेको र त्यस्ता मुद्दाको फाइल थुप्रिँदै गएको पाण्डेले बताए। श्रीमान्ले वैदेशिक रोजगारबाट कमाइएको सम्पत्तिसहित श्रीमती अर्कै पुरुषसँग भागेका घटनामा पनि पिडित पुरुषले प्रमाणसहित मुद्दा दायर गर्ने गरेको उनी बताउँछन्।

धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी हुँदा, ३ जना घाइते

बुधबार दिउँसो धोबिघाट रिङरोडबाहिर रहेको एक कवाडी ग्यारेजमा एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्।

६ दशकमा कसरी बदलियो टीकाभैरव

अचेल मानिसबाटै मानिसलाई खतरा हुँदै गएको छ। मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए, उति नै स्वार्थी, निर्दयी, आत्मकेन्द्रित, मतलबी, एकलकाँटे पनि हुँदै गएका छन्।

कोरियन बार्बी क्यु रेष्टुरेन्ट सुरु

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोरियन बार्बीक्यु रेष्टुरेन्ट उद्घाटन गरेका छन्।

जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छः मन्त्री भुसाल

'जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ।' उनले भनिन्, 'बुंमतीका हरेक घरमा एक कोठा घरबास (होमस्टे)का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ।'

टेबलटेनिस प्रतियोगितामा ललितपुरलाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उक्त प्रतियोगिताको महिला एकलमा सङ्खुवासभा वडा ४ की वियंका राई र ललितपुर– १२ की इभाना थापामगर फाइनलमा प्रवेश गरे। वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी– १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए।

‘टेका’का भरमा छन् पाटनका घर, जोखिमबाट जोगिन ‘टेका कुरेर बस्छन् स्थानीय’

पाटनका पुराना ऐतिहासिक टोल तथा बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका जीर्ण अधिकांश घरमा ‘टेको’ लगाइएको छ। यस्ता संरचनामा घाँस र बुट्यान उम्रिएका छन्। घरका पर्खालहरु कमजोर देखिन्छन्। यस्ता संरचनाले जोखिम मात्र बढाएको छैन पर्यटकीय क्षेत्रमा दृश्य प्रदुषण पनि त्यत्तिकै भएको छ।

सामुदायिक भवन दुई करोड ५० लाखमा निर्माण

ललितपुर महानगरपालिका–२५ वडाका वडाध्यक्ष दौलत क्षेत्री, राष्ट्रिय समाचार समितिको अन्तर्राष्ट्रिय समाचार शाखा उपप्रमुख मोहिनी रिसाल, सैवु नख्खुडोल जग्गा एकीकरण आयोजना सहयोग समितिका अध्यक्ष माधव खड्का, स्थानीय समाजसेवी मिनरा दुलाल र रिसभ रिसाललगायतले हाल आयोजना क्षेत्रभित्र पर्ने कित्ता जग्गालाई चाक्लाबन्दी गर्ने कार्य सम्पन्न भइसकेकाले अब चाँडो स्थायी पूर्जा वितरण गर्नुपर्नेमा जोड दिए।

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन ओलीको निर्देशन

‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ। यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भुमिका खेल्नुपर्दछ। यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दवाब। र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्दछ। र बेठिक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ।'

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।

मिथिलाको मुहारमा हुम्लाको चिनो

एकातिर मिथिलाको प्राचीन गाथा झल्काउने आकर्षक सामग्री बेचेर सरिता मण्डल मुस्कुराउँदै छिन्। अर्कोेतिर हुम्लाकी बेलमती रोकाया परम्परागत खाद्य सामग्री चिनो, उवा, जिम्बुलगायतका सामग्रीको महत्व बुझाउँदै छिन्।

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो। मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन्। कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्